काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गरेका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार आयोजना गरेको ‘समीक्षा तथा भावी योजना’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरू निजी क्षेत्रप्रति सकारात्मक नरहेको दाबी गरेका हुन्।
‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन,’ सभापति थापाले भने, ‘अहिलेको प्रधानमन्त्री मेरो आफ्नो बुझाइमा ही हेट्स प्राइभेट सेक्टर ।’
प्रधानमन्त्री शाहबारे आफूले अनुमानका आधारमा टिप्पणी नगरेको पनि थापाले स्पष्ट पारे। उनका पछिल्ला अभिव्यक्ति र निर्णयहरूलाई आधार बनाएर आफूले यस्तो धारणा राखेको उनले बताए।
‘मैले अनुमानको आधारमा भनेको होइन,’ उनले भने, ‘उहाँको पछिल्ला कतिपय अभिव्यक्तिहरू, कतिपय उहाँका निर्णयहरू ।’
सभापति थापाले दुग्ध विकास संस्था, हेटौडा कारखाना, नेपाल औषधि लिमिटेडबारे सरकारले गरेको निर्णयहरूलाई आधारका रुपमा प्रस्तुत गरे ।
‘ती कारखाना चलुन्, मुनाफा कमाउन्, मेरो शुभेच्छा छ,’ उनले भने, ‘त्यसका बारेमा टिप्पणी होइन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।