काठमाडौं– सिभिल सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा पूर्वसांसद इच्छाराज तामाङलाई साढे पाँच वर्ष कैद सजाय भएको छ ।
बिहीबार जिल्ला अदालत काठमाडौंले तामाङविरुद्ध कैद सजाय तोकेको हो । न्यायाधीश कृतबहादुर बोहराको एकल इजलायसले तामाङलाई पाँच वर्ष ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानासमेत तोकेको जिल्ला अदालत काठमाडौंले जानकारी दिएको छ ।
सोही प्रकरणमा तामाङसहित १७ जना दोषी ठहर भएका थिए । दोषी ठहर हुनेहरुमा प्रवीणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर कंसाकार, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ, दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, मुकुन्दप्रसाद नेउपाने, नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिसाल र मीना गुरुङ छन्। कसुर अनुसार उनीहरूको सजाय र जरिवाना भने फरक फरक रहेको छ ।
यो पनि पढ्नुहोस् :
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर
पूर्व सांसद इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।