काठमाडौं– नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने तल्लो तहका अधिवेशनको निर्वाचन सहजीकरणका लागि सातै प्रदेशमा वरिष्ठ अधिवक्ताहरूलाई संयोजनको जिम्मेवारी दिएको छ।
असोज ३ र ४ गतेदेखि वडा अधिवेशन सुरु हुँदैछ। कांग्रेस निर्वाचन समितिले सम्बन्धित तहका अधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न आवश्यक तयारी तथा निर्वाचन अधिकृतसँग समन्वय गर्न निर्देशन दिएको छ।
प्रदेशअनुसार निर्वाचन सहजीकरणको जिम्मेवारी पाउनेमा कोशीमा डिल्लीबहादुर कार्की, मधेशमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाल, लुम्बिनीमा दीपकुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम पाध्याय रहेका छन्।
समितिले अधिवेशनमा उत्साहपूर्ण सहभागिता जनाउन कांग्रेसका नेता–कार्यकर्तालाई आग्रह गरेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।