• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बाढी प्रभावित क्षेत्रको अवलोकनमा देउवा, सरकारलाई पुनर्स्थापनामा तदारुकता देखाउन आग्रह

64x64
नेपाल लाइभ बिहीबार, भदौ २५, २०८३  १८:४९
1140x725

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले रसुवा र भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट क्षेत्रको बिहीबार अवलोकन गरेका छन्।

बिहीबार देउवासँगै कांग्रेस नेता डा.शशांक कोइराला, डा.प्रकाशशरण महत, प्रकाशमान सिंह, मोहनबहादुर बस्नेतलगायत नेता तथा कार्यकर्ताहरू बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न पुगेका थिए ।

अवलोकनका क्रममा देउवाले बाढीपहिरोबाट प्रभावित स्थानीयसँग भेट गर्दै उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका थिए । उनले प्रभावित क्षेत्रमा अझै पनि पर्याप्त सुविधा पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

देउवाले प्रभावित क्षेत्रमा सडक तथा यातायातको पहुँच नहुँदा स्थानीयले थप समस्या भोग्नुपरेको बताए । उनले रसुवा, नुवाकोट र धादिङमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै प्रभावित नागरिकलाई तत्काल राहत, पुनस्र्थापना र त्यसपछि पुनर्निर्माणको काम अघि बढाउनुपर्ने बताए।

उनले भने, ‘अहिले यहाँ गर्नुपर्ने कुरा के छ भने, रेस्क्यु, रिलिफ र रिह्याबिलिटेसन, रिकन्स्ट्रक्सनका चारवटा कुरा छन् । बाँचेका मान्छेहरू आएका छन्, देख्नुभएकै छ । धेरै मान्छेहरूको मृत्यु भएको छ । रिलिफको सम्बन्धमा जो अझै पनि राम्रोसँग खान पाएको छैन, बस्न पाएको छैन।’

उनले प्रभावितहरूलाई खाने, बस्ने र न्यायोचित सुविधा उपलब्ध गराउनु सरकारको जिम्मेवारी भएको बताए । साथै, विस्थापितहरूलाई भोलि कहाँ राख्ने भन्ने विषयमा समेत सरकारले योजना बनाएर पुनस्र्थापनाको काम अघि बढाउनुपर्ने उनको भनाइ छ।

बाढीपहिरोले तीन जिल्लामा मात्रै नभई अन्य क्षेत्रमा समेत प्रभाव पारेको भन्दै देउवाले इन्धनदेखि दैनिक उपभोग्य वस्तुसम्मको आपूर्तिमा समस्या देखिएको बताए । उनले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे।

देउवाले जलवायु परिवर्तनका कारण नेपाल बाढीपहिरोजस्ता विपद्को उच्च जोखिममा रहेको पनि बताए । हिमालमा हिउँ घट्दै गएको र जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङका कारण आगामी दिनमा नेपालले थप चुनौती सामना गर्नुपर्ने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले सरकारबाट प्रभावित क्षेत्रमा भइरहेको कामबारे बुझ्न आफूहरू आएको भन्दै आवश्यक काम नभए कांग्रेसले सरकारलाई दबाब दिने बताए।

‘सरकारले के गरेको छ, के गरेको छैन भन्ने कुरा बुझ्न आएको हौँ। हामी आवाज उठाउँछौँ, बाहिर भन्छौँ, प्रेसमा उठाउँछौँ। सबै ठाउँमा आवाज उठाउनेछौँ,’ उनले भने।

त्यस्तै कांग्रेस नेता डा.प्रकाशशरण महतले बाढीपहिरो प्रभावित क्षेत्रको पुनस्र्थापना र पुनर्निर्माणमा राज्य नै सक्रिय भएर काम गर्नुपर्ने बताए।

उनले विपद्पछि तत्कालीन राहतसँगै अस्थायी आवास, दीर्घकालीन पुनस्र्थापना तथा पुल र सडकजस्ता भौतिक संरचनाको निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।

Xtrem

Xtrem

महतले भने, ‘राहतसँगसँगै यो पुनस्र्थापना, अहिले टेम्पोररी सेल्टरहरु र लङटर्म पुनस्र्थापना, पुल निर्माणको काम अत्यन्त महत्त्वपूर्ण भएको छ ।’

उनले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकस्तरबाट ठूलो सहयोग भए पनि अबको पुनर्निर्माणको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । विशेषगरी यातायातको पहुँचबाट टाढा रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर तत्काल अस्थायी संरचना तथा बेली ब्रिज निर्माण गर्न सरकारसँग माग गरे।

महतले प्रभावित क्षेत्रका नागरिकको आवागमन सहज बनाउन चाँडोभन्दा चाँडो अस्थायी संरचना निर्माण गर्नुपर्ने बताए । कांग्रेसले पनि प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा सरकारको ध्यानाकर्षण गराउने काम जारी राख्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा
सम्बन्धित सामग्री
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी उनले नयाँ र पुरानो पुस्ताबीच पर्खाल खडा गर्ने नभई दुवै पुस्तालाई जोड्ने ‘सेतु’ बन्ने उद्देश्यले उम्मेदवारी दिएको बताए। मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध हालसालै सकिएको तेस्रो केन्द्रीय कमिटि बैठकपछि ओलीले पार्टीलाई अनुशासनको दायरामा राख्ने भन्दै फरक मत र विचार राख्न नपाउने गरी अपानी ज... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्