काठमाडौं– सरकारले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्त गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा. हरिप्रसाद लम्साललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
त्यसैगरी, आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे (रिमाल) लाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
आयोगमा पदाधिकारी रिक्त हुँदा शिक्षक छनोट तथा नियुक्तिसम्बन्धी काम प्रभावित हुँदै आएको थियो। सरकारले नयाँ पदाधिकारी नियुक्त गरेसँगै आयोगका नियमित काम अघि बढ्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।