फाइल तस्बिर
काठमाडौं– सरकारले अनुचित लेनदेन अर्थात् मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो।
सरकारको यो निर्णयसँगै मिटरब्याजबाट पीडित नागरिकलाई न्याय दिलाउन आवश्यक कानुनी व्यवस्था निर्माण गर्ने बाटो खुलेको छ। विधेयकमार्फत अनुचित लेनदेन नियन्त्रण तथा पीडितको न्याय सुनिश्चित गर्ने कानुनी व्यवस्था अघि बढाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।