काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सुनसरी–४ बाट निर्वाचित सांसद दीपककुमार साहको नाम सिफारिस गरेका छन्।
प्रधानमन्त्री शाहले साहको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्।
उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त मन्त्रालयको जिम्मेवारी साहलाई दिन लागिएको हो।
साहले बिहीबार नै मन्त्री पदको शपथ लिने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।