काठमाडौं– इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी ४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो ।
यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै मन्त्रालय खाली थियो । मन्त्री बन्ने भएपछि निर्वाचन क्षेत्रमा रहेका उनी काठमाडौँ फर्किएको बताइएको छ ।
स्रोतका अनुसार उद्योगमन्त्रीमा साहलाई नियुक्त गर्नेसम्बन्धी बालेनको निर्णयसहितको सिफारिस राष्ट्रपति कार्यालय पठाइएको छ । साहलाई आजै (बिहीबार) शपथ ग्रहण गराउने तयारी छ ।
उद्योगीलाई पाता कस्ने अभिव्यक्ति दिएकी यादवले बिहीबार नै पदबाट राजीनामा दिएकी हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।