काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले निजी क्षेत्रले क्षतिग्रस्त संरचना पुनर्निर्माण गरेर अघि बढिसक्दा राज्यका महत्वपूर्ण संरचना भने अझै बेवारिसे अवस्थामा रहेको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले गत वर्ष भदौ २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भएका नक्सालस्थित भाटभटेनीलगायतका व्यापारिक केन्द्रहरू पुनर्निर्माण भएर सञ्चालनमा आइसकेको बताए।
‘भदौ २४ को विध्वंसले खरानी बनेका ब्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनात्मक तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो उर्जा देखेर मलाई गर्व लाग्छ छ,’ उनले भने,’तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु जलेको सिंहदरबार र गृहमन्त्रालय अझै उस्तै बेवारिसे देख्छु । यो पालाको बजेट नै नयाँ संसद् भवनमा हुने भनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुरा राखिराखेको छु ।’
राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दा खेरि रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ? उनको प्रश्न थियो ।
नयाँ संसद् भवनमा बैठक सञ्चालन गर्ने भनिए पनि अझै अस्थायी भवनबाटै संसद् चलिरहेको भन्दै उनले सरकारी पुनर्निर्माणको गति प्रश्न उठाए।
राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्कै पुनर्निर्माण सुस्त भइरहेका बेला रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकले पुनर्निर्माण सही दिशामा अघि बढ्छ भनेर कसरी विश्वास गर्ने भन्ने प्रश्नसमेत उनले उठाए।
उनले निजी क्षेत्रले क्षति भएको संरचना छिटो पुनर्निर्माण गर्न सक्ने तर सरकारी तथा सार्वजनिक संरचनाको पुनर्निर्माणमा ढिलाइ हुनुको कारण खोजिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।