काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक सुरु भएको छ ।
समसामयिक राजनीतिक परिस्थिति र रसुवामा गएको बाढीले पारेको असरबारे छलफल गर्न कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु भएको हो ।
बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा, एमाले संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमाल, प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृति पार्टीका ध्रुवराज राईसहित उपस्थित छन् । बैठकमा ‘रसुवामा बाढीले पुर्याएको क्षति र पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस प्रमुख सचेतक थापाले जानकारी दिइन् ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनका विषयमा साझा धारणा बनाउने उद्देश्यले प्रमुख प्रतिपक्षी दलले विपक्षी दलहरूको बैठक बोलाएको हो । बैठकमा सरकारका पछिल्ला काम कारबाहीका साथै संसदमा विपक्षी दलहरू कसरी अघि बढ्ने भन्ने विषयमा पनि गहन छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।