काठमाडौं– आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ।
बिहीबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्ने भएको छ। बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुने छ।
बिहान ९ बजे बस्ने कानुन, न्याय तथा अधिकार समितिको बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजना सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनालयसँग छलफल हुने कार्यसूची छ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएको हो। बैठकमा जलवायुजन्य विपद्का कारण कृषि तथा प्राकृतिक स्रोतमा परेको असर र जलवायु अनुकूलन तथा जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलहरू सम्बन्धमा छलफल हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।