काठमाडौं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले गत वर्ष भदौ २४ गते घर सम्पत्तिमात्र जलाउने योजना नभई ओलीलाई नै जलाउने रहेको दाबी गरेकी छन् ।
बालकोटस्थित खरानी घरमा आफ्नो अनुभूति पुस्तक सपनाको भग्नावशेष विमोचन समारोहमा शाक्यले जनताको मायाले आफूहरू जीवित रहेको बताइन् ।
उनले भनिन्- खरानी ग्याङको आशय आगो लगाउने मात्र थिएन , केपी ओली लाई जलाउने नै योजना थियो , यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै १ बर्षको पुण्य तिथि हुन्थ्यो हाम्रो । अझै पनि केपी ओलीमाथि नानाथरीको आरोप लगाएर बसिरहेका छन । एकमुठी सास रहेसम्म यो देशको सेवा गर्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप लाञ्छना लगाइरहेका छन् ।
शाक्यले आफूहरू कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने भन्दै खराने ग्याङ आफैँ पतन हुने दाबी समेत गरिन् । उनले खरानी ग्याङको सरकारले आफूहरूलाई जति दुःख दिए पनि झेल्न तयार रहेको समेत बताइन् । उनले आफ्नो पुस्तकभित्र भदौ २३ देखिका सबै घटनाक्रम उल्लेख गरेकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।