काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेनजीसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभामा बोल्दै सांसद यादवले आन्दोलन सफल भएपछि अन्तरिम सरकारसँग भएका सम्झौता अहिले पनि कार्यान्वय हुन नसकेको भन्दै यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका हुन् ।
उनले भने, ‘म ईश्वरसँग प्रार्थना गर्छु, सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस्। मृतक र घाइतेका परिवारसँग गरिएका सम्झौता यथाशीघ्र कार्यान्वयन गरियोस्।’
सांसद यादवले सरकारलाई चेतावनी दिँदै भने, ‘बालुवाटारबाट बार्दली पुगेका एउटा विगतलाई म चेतावनी दिन चाहन्छु– हाम्रो साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन हुने गरी थप अहङ्कारको कालो बादल यो सदनमा गर्जन बन्द गरियोस्।’
सत्ताको आयुबारे कटाक्ष गर्दै सांसद यादवले थपे, ‘भदौ २३ गतेको घटनाले हामीलाई एउटा कुरा सिकाएको छ– सत्ता स्थायी हुँदैन। जनताको आवाज र इतिहास सधैँ जीवित रहन्छ।’
साथै उनले मृतक र घाइतेका परिवारसँग भएको सम्झौता पनि यथाशीघ्र कार्यान्वयन गर्न र माग पूरा गर्नुपर्ने बताए ।
सांसद यादवले जेनजी आन्लोनकै कारण जेलमा परेका युवाहरुको रिहाइको पनि माग गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।