• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली भन्छन्– परिवर्तनका नाममा हिंसा र विध्वंसलाई वैध बनाउने नजिर बसालिँदैछ

64x64
नेपाल लाइभ बुधबार, भदौ २४, २०८३  ०९:०८
1140x725

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदर्शनका नाममा अराजकता र हिंसालाई ‘जायज’र परिवर्तनका नाममा हिंसालाई वैध बनाउने प्रवृत्तिले लोकतन्त्रका लागि गम्भीर जोखिम निम्त्याएको बताएका छन्।

जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै ओलीले गत वर्ष भदौ २३ र २४ गते भएका घटनाले नेपाली समाजमा गलत नजिर स्थापित गर्ने खतरा बढाएको बताएका हुन्। उनले जनअसन्तुष्टिका नाममा अराजकता र हिंसालाई वैध, स्वाभाविक तथा नियमित प्रक्रिया बनाउँदै जाने हो भने देशले पटक–पटक यस्तै पीडा भोग्नुपर्ने चेतावनी दिएका छन्।

‘गतवर्ष जसरी प्रदर्शनका नाममा अराजकतालाई ‘जायज’ र परिवर्तनका नाममा हिंसालाई ‘बैध’ बनाउने काम भयो, यसले नेपाली जनताले स्थापित गरेको लोकतान्त्रिक दृष्टान्तलाई खण्डित गर्ने र दूरगामी रुपमा अत्यन्त हानिकारक नजिर बसाल्ने जोखिम पैदा गरेको छ। यसमा हामी अत्यन्तै चिन्तित छौं,’ उनले भनेका छन्।

गत वर्ष भदौ २३ गते नवयुवाहरूले शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति लिएको उल्लेख गर्दै ओलीले प्रदर्शनभित्र आपराधिक समूहले घुसपैठ गरेर त्यसलाई अराजक र हिंसात्मक बनाएको दाबी गरेका छन्। त्यसक्रममा भएको प्रहरीको बल प्रयोगबाट १९ जना युवाको मृत्यु भएको उनले बताएका छन्।

त्यसको भोलिपल्ट राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड र आक्रमणलाई ओलीले नेपालको इतिहासकै कालो अध्यायका रूपमा व्याख्या गरेका छन्।

उनले भदौ २४ गते भएको विध्वंसलाई अघिल्लो दिन युवाको मृत्युबाट सिर्जित आवेग मात्र मान्न नसकिने दाबी गरेका छन्। बरु राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील बाटो उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने योजनाको परिणाम भएको ओलीको आरोप छ।

‘प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि घटित यी समग्र घटनाक्रमले स्पष्ट पार्छ, भदौ २४ को त्यो त्रासदी अघिल्लो दिन नवयुवाहरुको ज्यान गएको घटनाबाट सिर्जित कुनै आवेग या आक्रोशको घटना थिएन। त्यो त राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील ‘कोर्स’ लाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रुप थियो,’ उनले भनेका छन्।

ओलीले शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार छन् भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने बताएका छन्। राज्यका सुरक्षा निकायले राष्ट्रपति भवन, संसद्, न्यायालयलगायत राज्यका मुख्य धरोहरमाथिको आक्रमण किन रोक्न सकेनन् भन्ने प्रश्नको जवाफसमेत खोजिनुपर्ने उनले बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

भदौ २४ गतेको विध्वंसमा संलग्नलाई उन्मुक्ति दिने तथा उनीहरूविरुद्ध सुरु भएका अनुसन्धान र अभियोजन रोक्ने काम भएको दाबी गर्दै ओलीले यस्तो प्रवृत्तिले राजनीतिको अपराधीकरण र दण्डहीनतालाई संस्थागत गर्ने बताएका छन्।

‘हामीले हिंसालाई नाइँ भन्नैपर्छ। अराजकता अन्त्य गर भनेर बोल्नैपर्छ,’ उनले भनेका छन्। राज्य दहनका अपराधीलाई दण्डित गर्नुपर्ने र सरकार परिवर्तनका लागि संवैधानिक बाटोबाहेक अन्य विकल्प स्वीकार्य नहुने मान्यतालाई पुनः स्थापित गर्नुपर्ने ओलीको भनाइ छ।

ओलीले जेन–जी युवाहरूको सरोकार र अपेक्षा असल रहेको आफूहरूको विश्वास रहेको पनि बताएका छन्। जेन–जी विद्रोहका नाममा भएको हिंसा र विध्वंसमा नवयुवाहरूको संलग्नता नभएको दाबी गर्दै उनले त्यसको लाभ अरू तत्वले लिएको बताएका छन्।

यस्तो छ ओलीको प्रेस वक्तव्य 

आज भदौ २४ गते। राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि भएको सर्वाधिक ठुलो आक्रमण र विध्वंशको एक वर्ष पूरा भएको दिन। 

नेकपा (एमाले) गतवर्ष भदौ २३ गतेको नवयुवा प्रदर्शन र त्यसपछिका घटनाक्रममा गोली लागी जीवन गुमाउने युवाहरूर कर्तव्य पालनाका सिलसिलामा आपराधिक तत्वहरुको आक्रमणमा मारिनु हुने प्रहरीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। अझै उपचारकै क्रममा रहनुभएका घाइतेहरुको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ। कहालीलाग्दो विध्वंशपछि पुनर्निर्माणको प्रयासमा रहनुभएका राजनीतिक–सामाजिक व्यक्तित्व एवं व्यवसायीहरुमा पुनरुत्थानको शुभेच्छा व्यक्त गर्दछु।  

लोकतन्त्रमा नागरिकहरुले सरकार समक्ष आफ्ना अपेक्षा, असन्तुष्टि र मागहरूप्रस्तुत गर्नु स्वाभाविकै हो। नेपालको संविधानले नागरिकका वाक र अभिव्यक्ति स्वतन्त्रतासहित शान्तिपूर्ण रुपमा भेला हुने, विरोध गर्ने र लोकतान्त्रिक माध्यमबाट सरकार गठन, पुनर्गठन र परिवर्तन गर्ने अधिकार सुनिश्चित गरेको छ। तीन दशक अगाडि मात्रै लोकतन्त्रको बाटोमा अग्रसर भएको र केही समय अगाडि मात्र द्वन्द्वबाट मुक्त भएको नेपाली समाजमा साधनस्रोतको न्यूनता हुनु र जनताका अपेक्षाका तुलनामा राज्यको डेलिभरी क्षमता कम हुनु स्वाभाविकै हो। तर पनि हामीले सरकारमा रहँदा सुशासन स्थापना गर्ने, विकासको गतिलई चौतर्फी ढङ्गले अघि बढाउने र  जनअपेक्षालाई सम्बोधन गर्ने अधिकतम प्रयत्न गर्दै आएका छौं। नेपालले छोटो अवधिमा लोकतन्त्र स्थापना, द्वन्द्वको शान्तिपूर्ण समाधान, पूर्वाधार निर्माण, सामाजिक न्याय र सुरक्षा, भूकम्पपछिको पुनर्निर्माण एवं राष्ट्रिय स्वाभिमानको रक्षा जस्ता प्रश्नमा ऐतिहासिक उपलव्धि हासिल गर्दै आएको यथार्थ सबैलाई अवगत नै छ। तर कतिपय विषयमा ध्यान पुग्न नसकेको र समाजमा त्यस विषयमा प्रश्न उठ्ने स्थिति रहेको पनि हुन सक्छ, जसलाई लोकतान्त्रिक विधि र शान्तिपूर्ण माध्यमबाट समाधान गर्न सकिने यथेष्ट आधार विद्यमान थिए। तर नेपालले हासिल गरेका उपलब्धिलाई इन्कार गर्ने, केही भएन भन्ने भाष्य स्थापना गर्ने र स्थापित लोकतान्त्रिक प्रणाली, राजनीतिक पार्टीहरूर नेतृत्वप्रति घृणाभाव फैलाउने योजनाबद्ध प्रयास हुँदै आएको थियो। 

गतवर्ष भदौमा नेपालमा जे जस्ता घटनाहरूघटित भए, ती असामान्य, अस्वाभाविक र अलोकतान्त्रिक थिए। नवयुवाका केही समूहहरुले सामाजिक सञ्जालहरुको निर्वाध सञ्चालन र सुशासन लगायत विषयहरुमा प्रशासनसँग शान्तिपूर्ण प्रदर्शनको अनुमति मागेका थिए। आयोजकहरुले आफूहरुको प्रदर्शन शान्तिपूर्ण, कानुनको दायरामा र मर्यादित हुने भनी बचन दिएका थिए, र सोही अनुरुप प्रशासनले पनि प्रदर्शनको अनुमति दिएको थियो। कार्यक्रम शान्तिपूर्ण हुने विश्वासमा सुरक्षा उपस्थिति पनि न्यूनतम तहमा सीमित गरिएको थियो। न आयोजकहरुलाई न त सरकारलाई नै कुनै भित्री षडयन्त्रको अनुमान र आँकलन थियो। तर माइतीघरबाट सुरु भएको शान्तिपूर्ण प्रदर्शनभित्र घुसपैठ गरेर विभिन्न आपराधिक समूहहरुले योजनाबद्ध रुपमा त्यसलाई अनियन्त्रित, अराजक र हिंसात्मक स्वरुपमा बदले। कार्यक्रममा घुसपैठ र अराजकतापछि आयोजकहरुले कार्यक्रम स्थगित गरिएको घोषणा गरे, तर घुसपैठ गरेका षड्यन्त्रकारी समूहहरुले निर्दोष युवाहरुलाई मानव ढाल बनाएर संसद भवनमा आक्रमण गर्न दुरुत्साहन गरे। भीडलाई नियन्त्रण गर्ने यावत् प्रयासका बाबजुद उत्तेजना र आक्रमण बढ्दै गइसकेपछि भएको भनिएको प्रहरीको बल प्रयोगमा १९ जना युवाहरुको ज्यान जाने दुःखद परिस्थिति सिर्जना भयो।

त्यसपछिको असहज परिस्थितिमा बसेको मन्त्रिपरिषद्को बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै त्यसको यथार्थ छानबिनका लागि न्यायिक आयोग गठन गर्ने, सामाजिक सञ्जाललाई नियमन गर्न लगाइएको अस्थायी बन्देज फुकुवा गर्ने, घाइतेहरुको निःशुल्क उपचार गर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिने जस्ता निर्णय गरेको थियो। घटनाप्रति नैतिक जवाफदेही लिँदै गृहमन्त्रीले राजिनामा गरिसक्नुभएको थियो। एउटा अप्रत्यासित र दुःखद घटनापछि सरकारले चालेको यो कदम गम्भीर र संवेदनशील थियो। 

तर शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर सुनियोजित रुपले लोकतन्त्रमाथि आक्रमण गर्ने तत्वहरुको उद्देश्य बेग्लै थियो। उनीहरुले भोलिपल्ट राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, लोकतान्त्रिक पार्टीका कार्यालयहरु, शहीद र अग्रजहरुका स्मारक एवं सार्वजनिक र निजी सम्पत्तिमाथि जुन अनुपातको आगजनी, विध्वंश र आक्रमण गरे, नेपालको इतिहासकै त्यो कालो अध्याय थियो। अझ प्रधानमन्त्रीले राजिनामा गरिसकेपछि घटित यी समग्र घटनाक्रमले स्पष्ट पार्छ, भदौ २४ को त्यो त्रासदी अघिल्लो दिन नवयुवाहरुको ज्यान गएको घटनाबाट सिर्जित कुनै आवेग या आक्रोशको घटना थिएन। त्यो त राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील ‘कोर्स’ लाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रुप थियो।

शान्तिपूर्ण भनेर अनुमति लिएको प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका निम्ति को जिम्मेवार छन् भन्नेबारे गहिरो छानबिन हुनुपर्छ। तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनामा दोषी भन्ने झुठा आरोप लगाउँदै दुराग्रह, दूषित मनशाय र प्रतिशोधपूर्ण ढङ्गले गिरफ्तार गर्ने र मुद्दा चलाउने कुचेष्टा गरियो। तर त्यस दिनको यथार्थ  र त्यस घटनामा सुरक्षा निकायको भूमिका सम्बन्धी प्रतिवेदनलाई गुपचुप राखिएको छ। भदौ २४ को विध्वंशका आरोपीहरुलाई जुन ढङ्गले उन्मुक्ति दिने र उनीहरूविरुद्ध सुरु भएका अनुसन्धान एवं अभियोजनका प्रक्रियालाई जसरी रोक्ने काम भएको छ, यसले राजनीतिको अपराधीकरणलाई संस्थागत गरेको छ।

नेपाल राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा राज्यका सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्न आज पनि अनुत्तरित छ। व्यावसायिक क्षमताको अभाव हो कि निष्ठाको भनेर समाजमा उठिरहेका प्रश्नको यथोचित उत्तर खोजिनु आवश्यक छ।

निरङ्कुश राजतन्त्रलाई शान्तिपूर्ण जनआन्दोलनका बलमा अन्त्य गरेर र १० वर्ष लामो सशस्त्र द्वन्द्वलाई वार्ताका माध्यमबाट लोकतान्त्रिक बाटोमा रूपान्तरित गरेर नेपालले लोकतन्त्र र शान्तिका दिशामा एउटा विशिष्ट दृष्टान्त स्थापित गरेको थियो। तर गतवर्ष जसरी प्रदर्शनका नाममा अराजकतालाई ‘जायज’ र परिवर्तनका नाममा हिंसालाई ‘बैध’ बनाउने काम भयो, यसले नेपाली जनताले स्थापित गरेको लोकतान्त्रिक दृष्टान्तलाई खण्डित गर्ने र दूरगामी रुपमा अत्यन्त हानिकारक नजिर बसाल्ने जोखिम पैदा गरेको छ। यसमा हामी अत्यन्तै चिन्तित छौं।

आम नेपाली जनता र सिङ्गो राष्ट्र चाहन्छन्– अब कहिल्यै त्यस्तो नहोस्। तर चाहना र कामना मात्रै पर्याप्त छैन। राजनीतिको अपराधीकरण नरोकिने हो भने, राज्य दहन गर्नेहरुले उन्मुक्ति पाइरहने हो भने, दण्डहीनता अन्त्य नहुने हो भने र जनअसन्तुष्टिका नाममा अराजकता एवं हिंसालाई बैध, स्वाभाविक र नियमित प्रक्रिया बनाइरहने हो भने देशले बारम्बार यस्तो पीडा भोग्नुपर्ने छ। त्यसैले हामीले हिंसालाई ‘नाइँ‘ भन्नैपर्छ। ‘अराजकता अन्त्य गर’ भनेर बोल्नैपर्छ। दण्डहीनताको अन्त्य र राज्य दहनका अपराधीहरुलाई दण्डित गर्नैपर्छ। लोकतन्त्रमा जुनसुकै समस्याको पनि शान्तिपूर्ण समाधान छ भन्ने सत्य स्थापित गर्नैपर्छ। र, सरकार परिवर्तनका लागि संवैधानिक बाटो बाहेक अन्य विकल्प मञ्जुर छैन भन्ने मान्यतालाई पुनर्पुष्टि गर्नैपर्छ। भदौ २४ को विध्वंशको दुःखद स्मरण गरिरहँदा हामीले यो सङ्कल्प लिनैपर्छ। 

लोकतान्त्रिक कोर्सलाई उल्ट्याउने र मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वको खेलमैदान बनाउने गतवर्ष भदौबाट तीब्र बनेको प्रक्रिया अझै टुङ्गिएको छैन। आज जसरी लोकतन्त्र स्थापनाका लागि जन्मिएका, आजीवन त्यसका लागि लडेका र लोकतन्त्र स्थापित गर्न निर्णायक भूमिका खेलेका पार्टीहरूर तिनका नेतृत्वविरुद्ध प्रतिशोध, घृणा र निषेधको अभियान चलाइएको छ, जसरी राष्ट्रपति संस्था, संसद, न्यायालय, नागरिक समाज र लोकतन्त्रका आधारस्तम्भहरुको मानमर्दन गर्ने सिलसिला तीब्र पारिएको छ, जसरी संविधानका आधारभूत संरचनालाई समाप्त पार्ने धृष्टता गरिँदै छ र जसरी नागरिकका मौलिक हकमाथि आक्रमण तीब्र पार्दै सर्वसत्तावादको अभ्यास गरिँदै छ– यसले स्पष्ट पार्छ, मुलुकलाई पश्चगमन र अलोकतान्त्रिक बाटोतिर धकेल्ने योजनाबद्ध प्रयास जारी छ। विध्वंशले थला परेको अर्थतन्त्र तङ्ग्रिन सकेको छैन र व्यवसायीहरुको मनोबल इतिहासकै न्यून बिन्दुमा झरेको छ। सामाजिक सद्भाव, सहिष्णुता र असल संस्कारलाई भत्काएर अराजकता, हिंसा र विद्वेषलाई बढावा दिने काम भइरहेको छ। राष्ट्र भूराजनीतिक द्वन्द्वमा धकेलिने जोखिम बढ्दै गएको छ।

हामी विश्वस्त छौं–  नवयुवाहरुको सरोकार, अपेक्षा र मनशाय असल थियो। जेन्जी विद्रोहका नाममा जुन हिंसा र विध्वंश भयो, त्यसमा नवयुवाहरुको संलग्नता थिएन। तर अरु नै तत्वहरुले त्यसको लाभ लिए। तिनै ‘लाभग्राहीहरु’ का अनुचित भूमिकाका कारण आज ती नवयुवाहरुमा निराशा व्याप्त छ।
यस्तो अवस्थामा लोकतन्त्र, संविधान, राष्ट्रिय हित एवं स्वाभिमानको रक्षा एवं शान्तिका लागि सबै देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र वामपन्थी शक्ति तथा व्यक्तिहरूनयाँ उचाइका साथ सक्रिय हुनु अपरिहार्य छ। हामी यस दिशामा सहकार्यका साथ अगाडि  बढ्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौं।

केपी शर्मा ओली
अध्यक्ष

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  ०९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रविले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
कास्कीको किम्रुङ खोला सामान्य अवस्थामा फर्कियो
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ
सम्बन्धित सामग्री
रविले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। बुधबार, भदौ २४, २०८३
ओली भन्छन्– परिवर्तनका नाममा हिंसा र विध्वंसलाई वैध बनाउने नजिर बसालिँदैछ उनले जनअसन्तुष्टिका नाममा अराजकता र हिंसालाई वैध, स्वाभाविक तथा नियमित प्रक्रिया बनाउँदै जाने हो भने देशले पटक–पटक यस्तै पीडा भोग्नु... बुधबार, भदौ २४, २०८३
‘जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो’ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी आन्दोलनको मर्म र भावनाविपरीत अहिलेको सत्ता सञ्चालन भइरहेको आरोप लगाएका छन्। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
रविले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने बुधबार, भदौ २४, २०८३
कास्कीको किम्रुङ खोला सामान्य अवस्थामा फर्कियो बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ बुधबार, भदौ २४, २०८३
ओली भन्छन्– परिवर्तनका नाममा हिंसा र विध्वंसलाई वैध बनाउने नजिर बसालिँदैछ बुधबार, भदौ २४, २०८३
विस्फोटक पदार्थसहित एक पक्राउ बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्