• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो’

64x64
नेपाल लाइभ बुधबार, भदौ २४, २०८३  ०८:१५
1140x725

काठमाडौं– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी आन्दोलनको मर्म र भावनाविपरीत अहिलेको सत्ता सञ्चालन भइरहेको आरोप लगाएका छन्। उनले जेन्जी आन्दोलनको नाम र त्यसले सिर्जना गरेको जनसमर्थनलाई प्रयोग गरेर बनेको सरकारले आन्दोलनको मूल उद्देश्य नै बिर्सिएको दाबी गरेका छन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा त्रिपाठीले जेन्जी आन्दोलनमा ज्यान गुमाउनेहरूको बलिदानलाई सम्मान गर्दै त्यसलाई खेर जान दिन नहुने बताए। तर आन्दोलनपछि बनेको सरकारले जेन्जी मुभमेन्टको म्यान्डेटअनुसार काम नगरेको उनको आरोप छ।

उनका अनुसार जेन्जी आन्दोलनको मूल उद्देश्य सुशासन, भ्रष्टाचारको अन्त्य, संरचनागत भ्रष्टाचारको विरोध, विधिको शासन स्थापना र दण्डहीनताको अन्त्य थियो। तर अहिले ती सबै क्षेत्रमा पुरानै प्रवृत्तिको निरन्तरता देखिएको उनको भनाइ छ। ‘जेन्जी मुभमेन्टको काँधमा चढेर सरकार बन्यो, तर त्यसैको स्पिरिटलाई धोका दिइयो’। त्रिपाठीले अहिलेको सरकारले जेन्जी आन्दोलनको नाम बेचेर सत्ता प्राप्त गरेको आरोप लगाए।

‘जेन्जी मुभमेन्टको काँधमा चढेर अहिले सरकार बनेको छ। त्यसको नाम बेचेर सरकार बनेको छ,’ उनले भने, ‘तर एक वर्षभित्र जेन्जी मुभमेन्टको भावना र स्पिरिटलाई पूर्ण रूपमा बेवास्ता गरियो।’

उनले आन्दोलनअघि उठाइएका भ्रष्टाचार, कुशासन र ‘नेपो बेबी’विरुद्धका मुद्दा अहिले पनि उस्तै रहेको दाबी गरे। ‘हिजो नेपो बेबीको विरुद्धमा आन्दोलन भयो, अहिले पुनः नेपो बेबी आएको छ। भ्रष्टाचारको विरुद्धमा आन्दोलन भएको थियो, अहिले पनि चरम भ्रष्टाचार र कुशासन देखिरहेका छौँ,’ उनले भने।

उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन्। त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्डामध्ये डिजिटल स्वतन्त्रता पनि अहिले उल्टै सत्ताको आलोचकलाई दबाउने माध्यम बनेको आरोप लगाए।

उनका अनुसार सामाजिक सञ्जालमा सरकारको आलोचना गर्नेहरूलाई गालीगलौज र अश्लील भाषामार्फत आक्रमण गर्ने संगठित समूह सक्रिय भएको छ। ‘डिजिटल प्ल्याटफर्मको फ्रिडमका लागि आन्दोलन भएको थियो। अहिले त्यही डिजिटल प्ल्याटफर्मलाई हाइज्याक गरेर सरकारको फासिस्टीकरणको टुलका रूपमा प्रयोग गरिएको छ,’ उनले भने।

सरकारविरुद्ध आलोचनात्मक आवाज उठ्नेबित्तिकै सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण गर्ने प्रवृत्ति बढेको उनको दाबी छ। यसले लोकतान्त्रिक बहस र विमर्शलाई नै कमजोर बनाएको उनले बताए। विशेषगरी बाढी तथा अन्य विपद्का पीडितलाई समेत सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने प्रवृत्ति देखिनु गम्भीर भएको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्रिपाठीले आन्दोलनका क्रममा भएको हिंसा र त्यसपछि विकसित घटनाक्रमको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाही हुनुपर्ने बताए। उनले आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका व्यक्तिहरूका परिवारले अहिलेसम्म न्याय नपाएको भन्दै सरकारमाथि प्रश्न उठाए।

‘एक वर्ष बितिसक्यो, अहिलेसम्म एक जना व्यक्तिलाई पनि न्यायको दायरामा ल्याउन सकिएको छैन,’ उनले भने, ‘हिजो नाबालक बालबालिकामाथि गोली प्रहार भयो। त्यो गम्भीर मानव अधिकार उल्लङ्घन हो। त्यसमा संलग्नलाई न्यायको दायरामा ल्याउनुपर्छ।’ मानव अधिकारसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरेर सरकारले घटना लुकाउन खोजेको उनको आरोप छ।

उनले मानव अधिकार आयोग संवैधानिक निकाय भएकाले त्यसको प्रतिवेदन लुकाउन नमिल्ने बताए। आयोगले दोषी देखाएका व्यक्तिमाथि फौजदारी अभियोगमा अनुसन्धान र अभियोजन हुनुपर्ने उनको माग छ।

‘जेन्जीको नाममा आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे’

Xtrem

Xtrem

त्रिपाठीले आन्दोलनको मूल उद्देश्यसँग मेल नखाने आपराधिक गतिविधि पनि जेन्जी आन्दोलनकै नाममा भएको भन्दै त्यसको छानबिन हुनुपर्ने बताए। विशेषगरी देशभर भएका जेल ब्रेक, सार्वजनिक तथा राष्ट्रिय संरचनामा भएको आगजनी र तोडफोडबारे उनले गम्भीर प्रश्न उठाए।

‘जेन्जी मुभमेन्टको स्पिरिट भनेको गम्भीर अपराधमा कारागारमा रहेका व्यक्तिलाई जेलबाट निकाल्नु थियो ?’ उनले प्रश्न गरे, ‘देशभरि जेल ब्रेक कसरी भयो ? त्यो कसको डिजाइनमा भयो ?’ उनले सिंहदरबार, संसद्, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायतका राज्यका महत्वपूर्ण संरचनामा भएको क्षतिबारे पनि अनुसन्धान हुनुपर्ने बताए।

‘राष्ट्रका धरोहर नष्ट गरिए, संसद् जलाइयो, राष्ट्रपति भवनमा आक्रमण भयो, अदालतमा आगो लगाइयो। गम्भीर अपराधका फाइल जलाउने प्रयास भयो,’ उनले भने, ‘त्यसैले जेन्जी मुभमेन्ट आपराधिक तत्वबाट हाइज्याक भएको देखिन्छ।’ उनका अनुसार आन्दोलनपछि जेलबाट बाहिर आएका तथा विभिन्न घटनामा जोडिएका व्यक्तिहरूलाई नै राजनीतिक रूपमा महिमामण्डित गर्ने अवस्था बनेको छ।

‘राजनीतिक शक्तिको दुरुपयोग गरेर मुद्दा फिर्ता लिइयो’

त्रिपाठीले आन्दोलनपछि बनेको राजनीतिक परिस्थितिमा राज्यशक्तिको दुरुपयोग गरी विभिन्न व्यक्तिविरुद्धका मुद्दा फिर्ता लिइएको आरोपसमेत लगाए। उनले विशेषगरी राजनीतिक दलका नेतृत्वसँग जोडिएका गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिने निर्णयले दण्डहीनतालाई बढावा दिएको बताए।

‘यदि कोही निर्दोष छन् भने उनीहरूले अदालतमा ट्रायल फेस गर्नुपर्छ र त्यहाँबाट सफाइ लिनुपर्छ,’ उनले भने, ‘मुद्दा नै फिर्ता लिनु शक्तिको दुरुपयोग होइन ?’ उनका अनुसार दर्जनौँ व्यक्तिका मुद्दा फिर्ता लिने प्रवृत्तिले नेपालको कानुनी शासन र अन्तर्राष्ट्रिय विश्वसनीयतामाथि प्रश्न उठाएको छ। त्रिपाठीले सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधसँग सम्बन्धित मुद्दा फिर्ता लिने प्रवृत्तिले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा थप जोखिममा पार्न सक्ने चेतावनी दिए।

‘जेन्जीको शहादतलाई न्याय दिनुप¥यो। अहिले उनीहरूको न्यायको कुरा नै बहसमा छैन,’ उनले भने, ‘उनीहरूको शहादतलाई दुरुपयोग गरेर सत्ता कब्जाको रणनीतिअन्तर्गत प्रयोग गरिएको जस्तो देखिन्छ।’ उनले आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घन, हिंसा, जेल ब्रेक, सार्वजनिक सम्पत्तिको विनाश तथा त्यसपछिका राजनीतिक घटनाक्रमबारे स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने बताए।

‘मानव अधिकार आयोगको प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गरिनुपर्छ। त्यसमा नामै किटान गरिएका व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाइनुपर्छ,’ उनले भने। त्रिपाठीका अनुसार जेन्जी आन्दोलनको मर्मअनुसार सरकार सञ्चालन हुनुपर्नेमा त्यसको ठीक विपरीत गतिविधि भइरहेको छ।

‘जेन्जीको म्यान्डेटअनुसार होइन, जेन्जीको स्पिरिटको खिलाफमा काम भइरहेको छ,’ उनले भने, ‘आन्दोलनको मर्ममाथि अहिलेको सत्ताले प्रहार गरेको छ। जेन्जी मुभमेन्ट नै हाइज्याक गरिएको छ।’

सत्ता कब्जाको एजेन्डामा सरकार सिमित भयो

त्रिपाठीले जेन्जी आन्दोलनपछि बनेको सरकारले सुशासन र मेरिटोक्रेसीको म्यान्डेटअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। उनले सार्वजनिक पदहरूमा पैसाको चलखेल र प्रक्रियाविपरीत नियुक्ति भइरहेको चर्चा सार्वजनिक भए पनि त्यसको प्रभावकारी अनुसन्धान हुन नसकेको बताए।

उनले खुला प्रतिस्पर्धा र मेरिटोक्रेसीको नाममा पछाडिको ढोकाबाट नियुक्ति भइरहेको आरोप लगाए। ‘बजारमा ३ करोडदेखि ५ करोड रुपैयाँसम्म सार्वजनिक पदको लिलाम बढाबढ भइरहेको भन्ने कुरा आएको छ,’ उनले भने, ‘सहसचिव नियुक्तिसम्बन्धी विषयमा समेत अनुसन्धानको माग भएको छ, तर खोइ अनुसन्धान ?’

त्रिपाठीले सरकारको कार्यसम्पादन अत्यन्त कमजोर रहेको दाबी गर्दै नयाँ भनिएका अनुहारमध्ये अधिकांश पुरानै राजनीतिक पात्र वा विवादित पृष्ठभूमिका रहेको बताए। उनका अनुसार सरकारसँग न सुशासनको दृष्टिकोण छ, न स्पष्ट दिशानिर्देश र न प्रभावकारी डेलिभरी,।

उनले अदालतलाई समेत प्रभावमा पार्ने प्रयास भएको आरोप लगाए। चौथो वरियताका व्यक्तिलाई प्रधानन्यायाधीश बनाइएको प्रसंग उल्लेख गर्दै उनले न्यायालयमाथि नियन्त्रण कायम गर्ने प्रयास भएको बताए।

त्रिपाठीले जेन्जी आन्दोलनका क्रममा भएका २३ र २४ गतेका घटनाको पूर्ण सत्य, न्याय र जवाफदेहिता स्थापित गर्नुपर्ने बताए। कार्की आयोगको प्रतिवेदन चयनात्मक भएको आरोप लगाउँदै उनले मानव अधिकार आयोगका प्रतिवेदनसमेत सार्वजनिक गरी दोषीमाथि प्रमाणमा आधारित अनुसन्धान र अभियोजन गर्न माग गरे।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  ०८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ हजार २ सय ५५ जना अन्तिम मतदाता कायम भएका छन् । मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल रास्वपा धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा उनले निर्वाचनका बेला मात्रै जनताको घरदैलोमा पुग्ने राजन... मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध उपसभापति महिलातर्फ भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्