काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ।
अर्थ समितिको बैठक बिहान ९:३० बजे सुरु हुनेछ। बैठकमा रसुवामा आएको बाढीपछि सरकारले हालसम्म गरेका उद्धार, राहत वितरण र पुनःस्थापनाका कामबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल गरिनेछ।
बाढीबाट प्रभावित क्षेत्रमा राज्यका तर्फबाट भएका काम र पुनःस्थापनाको अवस्थाबारे समितिले प्राधिकरणसँग जानकारी लिने भएको हो।
अर्थ समितिले विपद्को समग्र अर्थतन्त्रमा परेको प्रभावबारे पनि छलफल गर्नेछ। यस विषयमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची तय गरिएको छ।
त्यसैगरी, विपद्बाट भएको क्षति तथा त्यसले पारेको प्रभावको मूल्याङ्कनबारे राष्ट्रिय योजना आयोगसँग छलफल हुनेछ। यसबाट विपद्को आर्थिक प्रभाव र क्षतिको मूल्याङ्कनसम्बन्धी विषय बैठकमा उठ्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।