काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका छन्।
जेन–जी आन्दोलनको स्मरण गर्दै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत छोटो सन्देश सार्वजनिक गरेका हुन्। उनले आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले उठाएका सुशासनसम्बन्धी अपेक्षा पूरा गर्ने संकेत गरेका छन्।
प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘प्रिय Gen Z, सुशासन कायम हुने नै छ। सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’
जेन–जी आन्दोलनको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री शाहको यो सन्देश सार्वजनिक भएको हो। आन्दोलनका क्रममा युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासन, जवाफदेहिता र राज्य सञ्चालनमा सुधारको माग उठाएका थिए।
प्रधानमन्त्री शाहले ‘सुशासन कायम हुने नै छ’ भन्दै आन्दोलनका क्रममा उठाइएका सुशासनका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन्। साथै उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई सहिदका रूपमा सम्मान गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।