• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६–१९ मै, तल्लो तहको निर्वाचन तालिका परिमार्जन

64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०८३  १७:१२
1140x725

काठमाडौं– नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति परिवर्तन नगरी तल्लो तहको अधिवेशनको निर्वाचन तालिका भने परिमार्जन गरेको छ । कांग्रेस निर्वाचन समितिको आज बसेको बैठकले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी पहिलो चरणको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षति तथा त्यसबाट देशभर परेको प्रभावलाई ध्यानमा राख्दै विभिन्न जिल्ला तथा क्षेत्रबाट प्राप्त सुझावमाथि छलफल गरेपछि समितिले पूर्वनिर्धारित महाधिवेशन तालिकालाई निरन्तरता दिने निर्णय गरेको हो।

निर्वाचन समितिका अनुसार महाधिवेशनको वैधानिक दायित्व पूरा गर्न पहिलो चरणमा वडा, गाउँ–नगर तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनको तालिका तय गरिएको छ।

सार्वजनिक तालिकाअनुसार तत्लो तहका अधिवेशन अब असोज ३ र ४ गते देशभरका ६ हजार ७४३ वडामा वडा अधिवेशन हुनेछ। सो क्रममा वडा कार्यसमितिको निर्वाचनसँगै क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिनेछ।

त्यसपछि असोज ७ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन आयोजना गरिनेछ। यस्तै प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने गरी मिति निर्धारण गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई नै कायम राखिएको छ। जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको विस्तृत समयतालिका भने दोस्रो चरणमा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने तोकिएका निर्वाचन अधिकृत र पार्टीका स्थानीय तहबीच समन्वय गरी अधिवेशन सम्पन्न गरिने भएको छ। प्रभावित जिल्लाको अवस्थालाई ध्यानमा राखेर स्थानीय परिस्थिति र आवश्यकताअनुसार निर्वाचन प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ।

त्यस्तै, नेपाली जनसम्पर्क समितिअन्तर्गत बाँकी रहेका देशका अधिवेशनहरू असोज १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ। कांग्रेस निर्वाचन समितिले पार्टीका सबै तह र निकायलाई निर्धारित तालिकाअनुसार अधिवेशनका कार्यक्रममा उत्साहपूर्ण सहभागिता जनाउन अनुरोध गरेको छ।

भोटेकोशी बाढीबाट सिर्जित विपत्तिका कारण देश शोकमा रहेको अवस्थामा अधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने चुनौती रहे पनि पार्टीको वैधानिक दायित्वलाई मध्यनजर गर्दै महाधिवेशनको पूर्वनिर्धारित मिति कायम राखिएको कांग्रेसको भनाइ छ।

यससँगै कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म नै गर्ने निर्णयलाई निरन्तरता दिएको छ। यता संस्थापन इतर पक्षले पनि मंसिरमा निर्वाचन तालिका सार्वजनिक गरेको छ । 

congress-nirbachan-(1)-1788866808.png

congress-nirbachan-(2)-1788866808.png

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई साथ दिनुपर्छ
रसुवाको भोटेकोशी जलविद्युतको केबल टनेलमा एउटा शव फेला
काठमाडौं आइन् नयाँ अमेरिकी राजदूत मेगन, सुरुमा बाढीपछिको प्रतिकार्यमा सघाउने
सम्बन्धित सामग्री
सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई साथ दिनुपर्छ बढ्दो भ्रष्टाचार, अन्याय, विभेद, राजनीतिक बेथिति र राज्यका सार्वजनिक संस्थाप्रतिको अविश्वासविरुद्ध सडकमा उत्रिएर जेनजी पुस्ताले गरेक... मंगलबार, भदौ २३, २०८३
कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६–१९ मै, तल्लो तहको निर्वाचन तालिका परिमार्जन कांग्रेस निर्वाचन समितिको आज बसेको बैठकले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी पहिलो चरणको निर्वाचन कार्यक्... मंगलबार, भदौ २३, २०८३
नागरिक मरेर देश बनाउनुपर्ने अवस्था कहिल्यै नआओस : सोम शर्मा जेनजी सहिद दिवसका अवसरमा जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आन्दोलनमा सहभागीहरू अझै पनि जेलमा रहेकाले... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई साथ दिनुपर्छ मंगलबार, भदौ २३, २०८३
रसुवाको भोटेकोशी जलविद्युतको केबल टनेलमा एउटा शव फेला मंगलबार, भदौ २३, २०८३
काठमाडौं आइन् नयाँ अमेरिकी राजदूत मेगन, सुरुमा बाढीपछिको प्रतिकार्यमा सघाउने मंगलबार, भदौ २३, २०८३
कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६–१९ मै, तल्लो तहको निर्वाचन तालिका परिमार्जन मंगलबार, भदौ २३, २०८३
रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट सञ्चालनमा ल्यायो मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
के सत्ताधारी दलले आमसञ्चार माध्यममाथिको अविश्वास प्रकट गरेको हो? सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्