• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चीनतर्फ मुख्य राजमार्गको अवरोध हटाइयो, जोखिम कायमै

64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०८३  १३:१६
1140x725

एजेन्सी – दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एकमात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको छ ।

आकस्मिक उद्धार टोलीले जोखिमको जाँच गर्नुका साथै सडकछेउका भिरालो भूभागलाई मजबुत बनाइरहेका छन्।

photo-5_62a7d7dc-1788852654.png
 

अगस्ट २६ मा सिजाङको सिगात्से सहरस्थित केरुङ बन्दरगाहमा गएको पहिरोमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने ५१९ जना अझै बेपत्ता छन्। उद्धार कार्य जारी छ।

पहिरोका कारण बन्दरगाहसम्म पुग्ने एकमात्र सडक चीनको जी२१६ राष्ट्रिय राजमार्गको करिब तीन किलोमिटर खण्ड अवरुद्ध भएको थियो।

यो राजमार्ग नेपालसँग जोडिएको केरुङ सीमा बन्दरगाहसम्म पुग्ने एकमात्र स्थलमार्ग हो। सडक अवरुद्ध भएपछि उद्धारकर्मीहरूलाई हेलिकोप्टरमार्फत घटनास्थल पुग्नुपर्ने वा जोखिमपूर्ण पहाडी भूभाग हुँदै घण्टौँ पैदल यात्रा गर्नुपर्ने अवस्था आएको थियो।

उद्धार टोलीले एक सातासम्म भग्नावशेष हटाउने र सडक पुनः सञ्चालन गर्ने काम गरेपछि गत बुधबारदेखि सडकमा भारी उपकरण लैजान तथा राहत सामग्री र थप जनशक्तिलाई मुख्य प्रभावित क्षेत्रमा पु¥याउन सम्भव भएको थियो।

तर, दोस्रो चरणका विपद् अर्थात् थप पहिरो तथा अन्य भौगर्भिक जोखिम उत्पन्न हुन सक्ने आशंका कायमै रहेकाले अधिकारीहरूले यस महत्वपूर्ण सडकमार्गलाई सुरक्षित र सञ्चालनयोग्य राख्न विभिन्न टोली परिचालन गरी जोखिमयुक्त क्षेत्रमा सर्वेक्षण तथा निरन्तर निगरानी गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

टोलीहरूले राजमार्गको सम्बन्धित खण्डमा सम्भावित भौगर्भिक जोखिम रहेका ५८ वटा स्थान पहिचान गरेका छन्। ती स्थानमा पहिरो वा ढुंगा खस्ने सम्भावित घटनाबारे तत्काल जानकारी लिन निगरानी उपकरण जडान गरिएको छ।

राष्ट्रिय सुरक्षित उत्पादन आपत्कालीन उद्धार सर्वेक्षण टोलीका उपप्रमुख युआन युनसिङले भने, ‘हामीले सडकछेउको भिरालो क्षेत्रमा निगरानी गर्न उपयुक्त स्थानमा रडार जडान गरेका छौँ। यदि ढुंगा खस्ने वा पहिरो जाने घटना भयो भने हामी तत्काल कमान्ड सेन्टरलाई जानकारी गराउँछौँ। त्यसपछि कमान्ड सेन्टरले सम्बन्धित विभागहरूसँग समन्वय गरी उक्त सडकखण्डमा यातायात नियन्त्रण गर्ने वा थप सफाइ तथा संरक्षणका उपाय अघि बढाउनेछ।’

यसैबीच, सडक अधिकारीहरूले सबैभन्दा जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षणलाई थप तीव्र बनाउँदै उद्धारमा प्रयोग भइरहेका सवारीसाधन सुरक्षित रूपमा आवतजावत गर्न सडकछेउका भिरालो भागलाई मजबुत बनाएका छन्।

राहत तथा उद्धार कार्यमा सहयोग गर्न खटिएको सरकारी इन्जिनियरिङ कम्पनी चाइना रेलवे बेइजिङ ग्रुपका कर्मचारी गा रिदीले भने, ‘यहाँ ढलानमा रहेका खुकुला ढुंगा तल खस्न नदिन ड्रेपरी प्रणाली आवश्यक पर्न सक्छ। यसले सडकमा सहज यातायात सुनिश्चित गर्न सहयोग गर्नेछ।’

Xtrem

Xtrem

त्यसैगरी, नदीको बहावका कारण सडक कटान हुन नदिन कामदारहरूले सडकको बाहिरी किनारमा स्टिलका ग्याबियन जाली राखेका छन्।

वर्षाका कारण नजिकैको नदीको जलस्तर बढेमा संरचना थप विस्तार गर्न सकियोस् भनेर थप ग्याबियन जालीसमेत तयारी अवस्थामा राखिएको छ।

पहिरोपछि नदीको जलस्तरको अवस्थाबारे विज्ञहरूले पनि निरन्तर मूल्यांकन गरिरहेका छन्। उक्त पहिरो नेपालतर्फको सीमामा रहेको नदीको माथिल्लो क्षेत्रमा उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि उत्पन्न भएको थियो।

ड्रोनबाट खिचिएका दृश्य तथा रिमोट सेन्सिङ तस्बिरका आधारमा हिमनदी भत्किँदा बनेको खाल्डोको माथिल्लो र तल्लो दुवै क्षेत्रमा अहिले पानीको बहाव सामान्य रहेको चीनको जलस्रोत मन्त्रालयले सोमबार जनाएको छ।

मन्त्रालयका अनुसार बन्दरगाहको माथिल्लो क्षेत्रमा पहिरोपछि बनेको प्युरेपू त्साङ्पोको अवरोध ताल पनि प्राकृतिक रूपमा निकास भइसकेको छ।

यस ताल फुट्ने उच्च जोखिमका कारण एक समय उद्धार कार्यमा अवरोध पुगेको थियो।

तल्लो क्षेत्रमा रहेका साना पहिरोबाट बनेका बाँधहरूमा पनि उल्लेखनीय परिवर्तन देखिएको छैन र पानीको बहाव सामान्य रहेको मन्त्रालयले जनाएको छ।

यद्यपि, ती बाँधहरू थप भत्किएर नयाँ अवरोध ताल बन्न सक्ने जोखिम भने अझै कायम रहेको मन्त्रालयले चेतावनी दिएको छ।(सीसीटीभीप्लस)

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाश... बिहीबार, असोज १५, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्