काठमाडौं– बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने २४ वर्षीय गोले श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
_x000D_
_x000D_
उनी सोही ठाउँ बस्ने १७ वर्षीया किशोरीलाई गत असार २६ गते बलात्कार गरी फरार भएका थिए।
_x000D_
_x000D_
उनलाई इलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकको पत्रको आधारमा खोजी गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कपनको प्रहरीले काठमाडौं महानगरपालिका–६ महाँकाल ओरालोबाट पक्राउ गरेको हो।
_x000D_
_x000D_
उनीमाथि जबरजस्ती करणी मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।