काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ५ बजेसम्म १ हजार ३ सय ५६ जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये रसुवामा १ सय ६९, नुवाकोटमा १ सय ९६, धादिङमा ७०, चितवनमा ३ सय ६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २३ र नवलपरासी पश्चिममा २ सय २२ जना रहेका छन्।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार १ सय २४ वटा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका १ हजार २ सय ८० र आफन्तका १ हजार २ सय ९० गरी कुल २ हजार ५ सय ७० वटा डीएनए नमुना संकलन गरिएको छ।
यस्तै, पहिचान हुन नसकेका १ हजार ३ सय २५ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रहरीले हालसम्म बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।
यसैगरी, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा ३ हजार २ सय ४५ जना व्यक्तिलाई राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।