• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा

64x64
नेपाल लाइभ सोमबार, भदौ २२, २०८३  २१:१८
1140x725

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेका छन् । 

सोमबार बाढी प्रभावित क्षेत्रका विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने उद्देश्यले आयोजित ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विपद्बाट प्रभावित विद्यार्थीलाई उनीहरूको अवस्था हेरेर विभिन्न तहमा छात्रवृत्ति तथा अध्ययनको व्यवस्था गरिने बताए । 

उनका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई तत्काल सहयोग गर्ने मात्र नभई भविष्यमा आउन सक्ने विपद्का कारण शिक्षाबाट वञ्चित हुने बालबालिकाका लागि समेत दीर्घकालीन व्यवस्था गर्न खोजिएको हो । 

विपद्को समयमा राज्य एक्लै नरहेको भन्दै मन्त्री पोखरेलले निजी क्षेत्र, विभिन्न संघसंस्था र नागरिकबाट प्राप्त सहयोगले सरकारलाई थप जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताए ।

उनले भने, ‘पछिल्लो केही दिन हामी सबैजना, सिङ्गो देश नै एउटा शोकको अवस्थामा छ। यस्तो बेलामा विभिन्न संस्था र व्यक्तिहरूले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नुभएको छ । त्यो आर्थिक सहयोग मात्र होइन, सरकारप्रति नागरिकहरूले देखाउनुभएको भरोसा र ट्रस्ट पनि हो। यसले हामीलाई अझ धेरै मेहनत गरेर काम गर्न मोटिभेट पनि गर्छ र झक्झकाउँछ पनि।’

मन्त्री पोखरेलले विपद्को समयमा राज्य एक्लो नभएको उल्लेख गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा विभिन्न क्षेत्रबाट भएको सहभागिताले राष्ट्रिय एकताको सन्देश दिएको बताए ।

उनका अनुसार सुरक्षाकर्मी, कर्मचारी, मन्त्रीदेखि विभिन्न संघसंस्था र सर्वसाधारणसम्म विपद् प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका छन् ।

शिक्षामन्त्री पोखरेलले विपद् आएपछि मात्र तयारी गर्ने पुरानो प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताए । नेपालमा हरेक वर्षजसो कुनै न कुनै प्राकृतिक विपद् आइरहने भएकाले शिक्षा क्षेत्रमा पनि विपद् व्यवस्थापनको पूर्वतयारी आवश्यक रहेको उनको भनाइ छ ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘विगतका दिनमा विपद् आउँछ अनि बल्ल तयारी गर्ने एउटा परिपाटी रहेको थियो। हामी त्यसलाई पनि चिरेर अलिकति अगाडि जान चाहन्छौँ। आजको कार्यक्रम रसुवा, नुवाकोट र धादिङको बाढीका लागि मात्र नभएर भविष्यमा आउन सक्ने अरू विपद्का लागि पनि सोचेर विभिन्न संघसंस्थासँग मिलेर गरेका हौँ।’

मन्त्रीका अनुसार यसपटक बाढीपहिरोबाट प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिने मात्रै नभई विपद्का कारण अभिभावक गुमाएका तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकताका आधारमा अध्ययनको व्यवस्था गरिनेछ ।

दुवै अभिभावक गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकता, एकजना अभिभावक गुमाएका विद्यार्थीलाई त्यसपछिको प्राथमिकता र आर्थिक अवस्थाका आधारमा अन्य प्रभावित विद्यार्थीलाई सहयोग गर्ने योजना मन्त्रालयको छ ।

मन्त्रालयका अनुसार विद्यार्थीको आवश्यकता र अवस्थाअनुसार फरक–फरक किसिमको सहयोग उपलब्ध गराइनेछ । केही विद्यार्थीलाई आवासीय विद्यालयमा राखेर अध्ययन गराउने, केहीलाई पूर्ण छात्रवृत्ति दिने तथा आवश्यकताअनुसार होस्टेलको व्यवस्था मिलाउने योजना छ ।

Xtrem

Xtrem

स्थानीय क्षेत्रमै बसेर अध्ययन गर्न चाहने विद्यार्थीलाई पनि त्यहीअनुसार सहयोग उपलब्ध गराउने मन्त्री पोखरेलले बताए ।

‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’मा निजी शिक्षण क्षेत्रका विभिन्न संघसंस्था सहभागी भएका छन् । कार्यक्रममा प्याब्सन, एनप्याब्सन, हिसान, ओपिन र नेपाल मोन्टेसरी एसोसिएसनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

मन्त्री पोखरेलले यी संस्थाहरूले यसपटकको विपद् प्रभावित विद्यार्थीका लागि मात्रै नभई भविष्यमा आइपर्न सक्ने विपद्, दुर्घटना वा अभिभावक गुमाउने अन्य बालबालिकालाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए ।

शिक्षामन्त्री पोखरेलले छात्रवृत्ति योजनामा अन्य निजी क्षेत्र तथा संघसंस्थालाई समेत जोडिन आह्वान गरेका छन् । विपद् प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

विपद्का कारण बालबालिका शिक्षाबाट बाहिरिने अवस्था आउन नदिन सरकारी संयन्त्रसँगै निजी विद्यालय तथा विभिन्न सामाजिक संघसंस्थाको सहकार्यलाई निरन्तरता दिने मन्त्रालयको तयारी छ ।

मन्त्री पोखरेलले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’मा सहभागी संस्थाहरूलाई धन्यवाद दिँदै शिक्षा क्षेत्रमा राज्य र समाजबीचको सहकार्यलाई थप बलियो बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  २१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाश... बिहीबार, असोज १५, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्