फाइल तस्बिर
भक्तपुर– भक्तपुरस्थित हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान २:५० बजे हनुमन्ते खोलाको जलसतह खतरा तह पार गरेको हो। त्यससँगै नदी आसपास, तल्लो तटीय क्षेत्र तथा नियमित रूपमा डुबान हुने स्थानका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले हनुमन्ते खोलाको जलसतह निगरानीका लागि काठमाडौं उपत्यकाका विभिन्न जलमापन केन्द्रबाट विवरण लिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।