काठमाडौं– लोक सेवा आयोगको अध्यक्षतामा रहने सचिव सिफारिस समितिको आगामी बैठकले तीन वरिष्ठ सहसचिवमध्ये एकजनाको नाम सचिव पदका लागि सिफारिस गर्ने भएको छ।
सचिवका लागि सिफारिस हुने सम्भावित वरिष्ठ सहसचिवमा विनोदबहादुर कुँवर, उत्तरकुमार खत्री र कालीप्रसाद पराजुली रहेका छन्।
समितिको आगामी बैठकबाट यी तीनमध्ये एकजनाको नाम सचिव पदका लागि सिफारिस हुने र त्यसपछि उनी सचिवमा नियुक्त हुनेछन्।
तीन वरिष्ठ सहसचिवमध्ये को सचिव बन्ने भन्ने विषयमा अहिले प्रशासनिक वृत्तमा चासो बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।