काठमाडौं– किङ्स कलेजले बबरमहलस्थित क्याम्पसमा इम्प्याक्ट वीक २०२६ आयोजना गरेको छ। पाँच देशका ३६ जना कोच तथा नेपालका विभिन्न जिल्लाबाट आएका १०८ सहभागीको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
अगस्ट २६ देखि २८ सम्म ‘ट्रेनिङ अफ ट्रेनर्स’ (ToT) र अगस्ट ३१ देखि सेप्टेम्बर ३ सम्म मुख्य कार्यक्रम सञ्चालन गरिएको थियो। डिजाइन थिंकिङमा आधारित कार्यक्रमले सहभागीलाई समुदायका समस्या पहिचान, समाधान विकास, प्रोटोटाइप निर्माण तथा परीक्षणमार्फत व्यावहारिक सिकाइको अवसर प्रदान गरेको कलेजले जनाएको छ।
कार्यक्रममा स्मार्ट मोबिलिटी, नेपालमा बसाइँसराइ, स्वतन्त्र जीवनयापन, दिगो ऊर्जा तथा स्वास्थ्य र सुस्वास्थ्य गरी पाँच विषयगत ट्र्याकमा सहभागीले समूहगत रूपमा काम गरेका थिए।
किङ्स कलेजले सन् २०१९ देखि नेपालमा इम्प्याक्ट वीक आयोजना गर्दै आएको छ। यस वर्षको कार्यक्रममार्फत काठमाडौं उपत्यकाबाहिरका युवासहित देशभरका सहभागीलाई अन्तर्राष्ट्रिय कोच तथा मार्गदर्शकसँग सहकार्य गर्ने अवसर प्रदान गरिएको कलेजले जनाएको छ।
कलेजका अनुसार कार्यक्रमको मुख्य उद्देश्य युवामा समानुभूति, सिर्जनशीलता, सहकार्य तथा समस्या समाधानसम्बन्धी सीप विकास गर्दै आफ्ना समुदायमा सकारात्मक र दिगो प्रभाव सिर्जना गर्न सक्षम बनाउनु हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।