काठमाडौँ– पोखरा प्रिमियर लिग (पिपिएल) आजदेखि सुरु हुँदैछ।
_x000D_
_x000D_
टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरामा हुने पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ।
_x000D_
_x000D_
उक्त प्रतियोगिता कात्तिक २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुनेछ।
_x000D_
_x000D_
प्रतियोगिताको विजेताले रु २५ लाख पाउने पिपिएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले जानकारी दिए। प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक एक थान मोटरसाइकल पाउनेछन्। प्रतियोगिताको बैकिङ पार्टनर नबिल बैंक रहेको छ भने हस्पिटालिटी पार्टनर ओयो र मेडिकल पार्टनर ग्राण्डी अस्पताल रहेका छन्।
_x000D_
_x000D_
यसअघि प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले समेत मान्यता दिइएको छ।
_x000D_
_x000D_
प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् ।
_x000D_
_x000D_
चितवन राइनोज टोलीको स्वामित्व युवा व्यावसायी राहुल महरासहितको टोलीले गरेको छ। मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन्। त्यसैगरी विराटनगर टाइटन्स् टोली स्वामित्व पूर्व क्रिकेटर तथा व्यावसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन्। बुटवल ब्लास्टर्स टोली स्वामित्व रामबहादुर विष्टसहित युवा टोली रहेको छ भने मार्की प्लेयर सोमपाल कामी रहेका छन्।
_x000D_
_x000D_
पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहित टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर रहेका छन्। एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छ्न्। हुलास काठमाडौँ रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छा मार्की प्लेयर ज्ञानेन्द्र मल्ल छन्।
_x000D_
_x000D_
खेल तालिका :
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।