काठमाडौं– रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी, त्रिशूली नदी तथा स–साना नदीमा बहाव आइतबार उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लाबाट बहने स-साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
ती जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले नदी तथा खोलाको आसपास र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई सम्भावित बाढीको जोखिमप्रति सचेत रहन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।