• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ७, २०८३ Mon, Nov 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वर्षाले देशका विभिन्न राजमार्ग प्रभावित, धादिङ र कालिकोटमा सडक पूर्ण अवरुद्ध

64x64
नेपाल लाइभ आइतबार, भदौ २१, २०८३  ०७:२५
1140x725

काठमाडौं– अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। 

धादिङ, कालिकोट, मुगु, रोल्पा र रसुवाका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ललितपुर र धादिङका केही सडकखण्डमा एक लेनबाट यातायात सञ्चालन भइरहेको छ। काभ्रे–सिन्धुली र मकवानपुरका सडकमा भने सवारीसाधन सञ्चालनका लागि समय तथा मार्ग निर्धारण गरिएको नेपाल प्रहरी जनाएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा भदौ १६ गतेदेखि राति ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्म तौल भएका मालवाहक तथा ढुवानीका साधन सञ्चालन हुनेछन्। निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने प्रहरीले जनाएको छ।

मकवानपुरका विभिन्न राजमार्गमा १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेसम्म इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।

१४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधन हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदी र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्न सक्नेछन्। त्रिखण्डी नजिकको बेलीब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालवाहक सवारीसाधनले उक्त पुल प्रयोग नगरी सँगैको डाइभर्सन प्रयोग गर्नुपर्नेछ।

विपद्जन्य अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, आफ्नो पालोमा धैर्य र अनुशासनपूर्वक सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा वर्षाका कारण अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको रातिको आवतजावत बन्द गरिएको छ। भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।

रसुवाको पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। साउन ८ गते उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी जाने कच्ची सडकखण्डमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेको थियो। त्यसपछि भदौ १० गते आएको बाढीका कारण सडकको अधिकांश भाग नष्ट भएको जनाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

रसुवा र नुवाकोट हुँदै रसुवागढी नाकासम्म जाने मुख्य पासाङ ल्हामु राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटान भएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। स्याफ्रुबेँसीसम्म पुग्न काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे–स्याफ्रुबेँसी हुँदै जाने सिंगल लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ।

धादिङमा पृथ्वी लोकमार्गका विभिन्न स्थानमा सडक प्रभावित भएको छ। बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ१४ गते त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। गजुरी गाउँपालिका–२ परेवा भीरमा सोही दिन बाढीका कारण सडकको तल्लो भाग भासिए पनि एक लेनबाट यातायात सञ्चालन भइरहेको छ।

बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलास्थित पृथ्वी लोकमार्गमा भदौ १६ गते बाढीका कारण सडकमा चिरा परेपछि एक लेनबाट यातायात सञ्चालन भइरहेको छ। यस्तै, गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी लोकमार्गमा भदौ२० गते राति ११:४० बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

मुगुको छायानाथ रारा नगरपालिका–४ ताल्चास्थित नाग्मा–मुगु गमगढी सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। भदौ१६ गते साँझ ६:१५ बजे अविरल वर्षाका कारण माथिबाट ढुंगा, माटो र लेदोसहितको पहिरो आएपछि सडक अवरुद्ध भएको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रोल्पाको परिवर्तन गाउँपालिका–३ भालखोरस्थित सहिद राजमार्ग सडकखण्डमा भदौ १७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा क्षेत्रमा पनि कान्तिलोकपथ प्रभावित भएको छ। भदौ २० गते साँझ ५:२० बजे टाकुर्चेस्थित सडक अविरल वर्षाका कारण भासिएपछि कान्तिलोकपथमा एक लेनबाट यातायात सञ्चालन भइरहेको छ।

कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा भदौ २० गते साँझ करिब ६:२० बजे सडक माथिबाट लेदोसहितको पहिरो आएपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी
दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह नयाँ दिल्लीबाट स्वदेश प्रस्थान
मोदीसँग वार्तापछि प्रधानमन्त्री बालेनले के भने? सम्बोधनको [पूर्णपाठ]
सम्बन्धित सामग्री
राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी समुदायको वास्तविक अवस्था, आवश्यकता र प्राथमिकता पहिचान गरी आवास, शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक आत्मनिर्भरताका अवस... सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
बालेनले दिए भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो सम्बोधन अघि दुवै देशका प्रधानमन्त्रीले सम्पन्न आयोजनाको उदघाटन गरेका थिए भने दुई देशबिचको सम्बन्धलाई आगामी दिनमा युगान्तकारी बनाउने... सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी सोमबार, मंसिर ७, २०८३
दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह नयाँ दिल्लीबाट स्वदेश प्रस्थान सोमबार, मंसिर ७, २०८३
मोदीसँग वार्तापछि प्रधानमन्त्री बालेनले के भने? सम्बोधनको [पूर्णपाठ] सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता सोमबार, मंसिर ७, २०८३
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ? आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्