फाइल तस्बिर
काठमाडौं– गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङमा बाढी आउँदा पुलसहित तीन घर बगाएको छ।
नामरुङस्थित प्रहरी चौकीबाट आइतबार बिहान बाढीले पुल र तीन घर बगाएको जानकारी आएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिएका हुन्।
गाउँपालिका अध्यक्ष लामाले घटनापछि बूढीगण्डकी नदी किनारमा बसोबास गर्ने चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रका बासिन्दालाई सचेत र सतर्क रहन आग्रह गरेका छन्।
उनले बूढीगण्डकी छेउछाउका घर तथा बस्तीमा बसोबास गर्ने सबैलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन अनुरोध गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।