सुर्खेत– कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगने खोलामा पहिरो खसेपछि सुर्खेत जुम्ला सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आज साँझ ६ः३० बजेको समयमा अविरल वर्षाका कारण लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
प्रतिकूल मौसमका कारण रातिको समयमा पहिरो हटाउन समस्या भएकाले तत्काल सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ। भोलि बिहानैदेखि पहिरो हटाउने कार्य सुरु गरिने प्रहरीले जानकारी दिएको छ ।
सडकको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्रै यात्रा गर्न जिल्ला प्रहरी कार्यालय कालिकोटले यात्रु तथा सर्वसाधारणलाई अनुरोध गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।