काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा ६४ वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको घटनाले विपद्को बीचमा पनि आशाको सञ्चार गरेको सरकारले जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार साँझ सामाजिक सञ्जालमार्फत् कुरा राख्दै बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको उल्लेख गर्दै चण्डिका श्रेष्ठजस्तै ज्येष्ठ नागरिक तथा वृद्धवृद्धाको उद्धार, संरक्षण र पुनःस्थापनालाई प्राथमिकतामा राखेको जनाएका छन् ।
सरकारले बाढीका कारण घर, परिवार, सम्पत्ति र आफन्त गुमाएर अस्थायी शिविरमा बस्न बाध्य ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै उनीहरूलाई आफूलाई एक्लो नठान्न उनको आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।