काठमाडौं - रसुवाको माथिल्लो त्रिशुली १ मा उद्धारकर्ताहरुले दुई जनाको शव फेला पारेका छन् । नेपाली सेना र दक्षिण कोरियाको विपद् उद्धार टोलीले दुई जनाको शव फेला परेको हो ।
तीमध्ये एक जनाको शव सुरुङबाट निकालिसकिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए । उनका अनुसार अर्को एक जनाको शव निकाल्ने क्रम जारी छ ।
यही जलविद्युत् आयोजनाबाट शनिबार बिहान एक चिनियाँ नागरिकको उद्धा भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।