• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वर्षा र पहिरोले सडक सञ्जाल अस्तव्यस्त, दर्जनौं सडकखण्ड प्रभावित

64x64
नेपाल लाइभ शनिबार, भदौ २०, २०८३  ०७:१२
1140x725

काठमाडौं– अविरल वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। 

रसुवा, धादिङ, मुगु, रोल्पा, बझाङ र म्याग्दीका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। केही सडकमा भने वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा भदौ १६ गतेदेखि राति ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्म तौल भएका मालवाहक तथा ढुवानीका साधन सञ्चालन हुने प्रहरीले जनाएको छ। निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ।

मकवानपुरका विभिन्न राजमार्गमा पनि सवारीसाधन सञ्चालनका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ। १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।

१४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधन हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फ आउन तथा काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्न सक्नेछन्। 

मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलीब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालवाहक सवारीसाधनले उक्त पुल प्रयोग नगरी छेउको डाइभर्सन प्रयोग गर्नुपर्नेछ।

विपद्जन्य अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, सवारी चालकले आफ्नो पालोमा धैर्य र अनुशासनपूर्वक सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न भनिएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा वर्षाका कारण अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको रातिको आवतजावतमा रोक लगाइएको छ। भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

रसुवाको पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ। भदौ ८ गते उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी जाने कच्ची सडकखण्डमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि बाटो अवरुद्ध भएको थियो। त्यसपछि भदौ १० गते आएको बाढीका कारण सडकको अधिकांश भाग नष्ट भएको प्रहरीले जनाएको छ।

त्रिशूली बजार र बेत्रावती बजार हुँदै रसुवागढी नाकासम्म जाने मुख्य पासाङ ल्हामु राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटान भएपछि रसुवा र नुवाकोटको राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। स्याफ्रुबेँसीसम्म जान काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे–स्याफ्रुबेँसी हुँदै जाने सिंगल लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने पजनाइएको छ।

धादिङको पृथ्वी लोकमार्ग पनि प्रभावित भएको छ। भदौ १४ गते बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित सडकखण्डमा त्रिशूली नदीले कटान गर्दा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही दिन गजुरी गाउँपालिका–२ परेवा भीरस्थित पृथ्वी लोकमार्गको तल्लो भाग बाढीका कारण भासिए पनि एक लेनको बाटो सुचारु भएको जनाइएको छ।

मुगुमा भदौ १६ गते साँझ छायानाथ रारा नगरपालिका–४ ताल्चास्थित नाग्मा–मुगु गमगढी सडकखण्डमा अविरल वर्षाका कारण माथिबाट ढुंगा, माटो र लेदोसहितको पहिरो आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

Xtrem

Xtrem

रोल्पाको परिवर्तन गाउँपालिका–३ भालखोरस्थित सहिद राजमार्ग सडकखण्डमा भदौ १७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, परिवर्तन गाउँपालिका–६ दुईखोली बजारस्थित घोराही–थवाङ सहिद मार्गमा भदौ १८ गते सडकको तल्लो भागमा पहिरो गएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत बित्थडचिर गाउँपालिका–१ पहिरामा भदौ २० गते बिहान ५:५० बजे सडकको माथिबाट पहिरो आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पनि अवरुद्ध भएको छ। भदौ २० गते बिहान करिब ५:३० बजे अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरस्थित सडकमा माथिबाट ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक
दुई वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ। बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ०५:०० बजे सम्म १ हजार ४ सय ५४ जनाको शव फेला परेको छ। बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाश... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्