काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १ हजार २९४ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी बाढीमा मृत्यु भएका १ हजार २९४ जनाको शव प्राप्त भएको जनाएको हो ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीमा ५ हजार ५३ जना बेपत्ता छन् भने हालसम्म १३ हजार ९५ जनाको उद्धार गरिएको छ ।
रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६२७ जना आश्रय लिएर बसेका छन् । प्रारम्भिक विवरणअनुसार बाढीबाट ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ३२ हजार ९३३ जना प्रत्यक्ष प्रभावित भएका छन् ।
बाढीबाट ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा क्षति पुगेको छ । त्यस्तै ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै ३७ मोटरेबल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण १ हजार ८०६ हेक्टर कृषियोग्य जमिन नष्ट हुँदा ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने प्रारम्भिक आकलन गरिएको छ ।
त्यस्तै ३ जलविद्युत् आयोजना, १ सोलार प्लान्ट र २ प्रसारण लाइनमा क्षति पुगेका कारण ७८३ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।