• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

शुक्रबार दिनभर उद्धारमा के–के भयो ?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १९, २०८३  २०:२५
1140x725

काठमाडौं– भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहितका सुरक्षा निकायले शुक्रबार दिनभर खोज तथा उद्धार अभियानलाई तीव्रता दिएका छन्। नेपाली सेनाका ७ र गैरसैनिक ६ वटा हवाई साधन परिचालन गरी ५८ जनाको उद्धार गरिएको छ भने विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोजी पनि जारी राखिएको छ।

साँझ ७ बजेसम्मको अद्यावधिक विवरणअनुसार त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ भने एक शवसमेत निकालिएको छ। अन्य प्रभावित क्षेत्रमा पनि स्थल तथा हवाई माध्यमबाट खोजी, उद्धार र राहत कार्य जारी छ।

त्रिशूली–३ ‘ए’बाट दुई जनाको जीवित उद्धार

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनालाई नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विज्ञ सम्मिलित संयुक्त टोलीले जीवितै उद्धार गरेको छ।

नेपाली सेनाका ७५, सशस्त्र प्रहरीका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको टोली उद्धारमा खटिएको थियो। उद्धार गरिएका दुवै जनालाई हेलिकप्टरमार्फत छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याई उपचार भइरहेको छ।

793595715_2005502780155519_5235471307270975269_n-1788532744.jpeg
उद्धारकै क्रममा सोही स्थानबाट एक शवसमेत निकालिएको छ। सुरुङभित्र थप व्यक्ति फसेको आशंकामा खोजी कार्य भने जारी छ।

त्रिशूली–३ ‘बी’मा १५ फिट गहिरो खाडल

त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेना, गैरसैनिक टोली तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले कार्यालय र आवास रहेको क्षेत्रमा करिब १५ फिट गहिरो खाडल खनेर खोजी गरेको छ। हालसम्म त्यहाँबाट कुनै व्यक्ति फेला परेका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्रिशूली–३ ‘ए’सँग ‘लिङ्कअप’ गराउने उद्देश्यले एक्स्काभेटर प्रयोग गरी करिब ७०० मिटर बाटोसमेत सफा गरिएको छ।

लाङटाङ हाइड्रोमा दुई शव फेला

लाङटाङ हाइड्रोको सुरुङभित्र प्रवेश गरेको नेपाली सेना र गैरसैनिकसहितको संयुक्त टोलीले दुई शव फेला पारेको छ।

नेपाली सेनाका २५ जना तथा दुई गैरसैनिकसहितको टोलीले सुरुङभित्र खोजी गरिरहेको छ। थप व्यक्ति फसेको हुनसक्ने आशंकामा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

794279850_1356016966268921_5578043468112060325_n-1788532743.jpeg
चिलिमेमा लेदो हटाउँदै सुरुङभित्र प्रवेश

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले जेनेरेटर र ‘मड पम्प’ प्रयोग गरी सुरुङभित्र जमेको लेदो हटाएको छ।

लेदो हटाउँदै टोली पुनः सुरुङको करिब १०० मिटर भित्री भागसम्म पुगेको छ। त्यहाँ पनि खोजी कार्य जारी छ।

माथिल्लो त्रिशूली–१ मा र्‍याफ्ट र डुंगाबाट खोजी

हाकुस्थित माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङमा नेपाली सेनाका १७ जना तथा आयोजनाका प्रतिनिधि सम्मिलित टोलीले खोजी गरिरहेको छ।

टोलीले सुरुङभित्र जमेको पानी निकाल्नुका साथै र्‍याफ्ट र डुंगासमेत प्रयोग गरेर सम्भावित जोखिम क्षेत्रमा खोजी अघि बढाएको छ।

५८ जनाको हवाई उद्धार

शुक्रबार साँझ ७ बजेसम्म नेपाली सेनाका सात तथा गैरसैनिकतर्फका ६ वटा हवाई साधन परिचालन गरी विभिन्न प्रभावित क्षेत्रबाट ५८ जनाको उद्धार गरिएको छ।

बाढी तथा पहिरोबाट सडक सम्पर्क विच्छेद भएका र तत्काल उद्धार आवश्यक परेका नागरिकलाई प्राथमिकताका आधारमा हवाई माध्यमबाट सुरक्षित स्थानमा ल्याइएको हो।

792158043_1461320672720447_1623013688905338457_n-1788532745.jpeg
तादी नदीमा पुल जडानको तयारी

देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली खटिएको छ। टोलीले पुल जडानका लागि आवश्यक बेस निर्माणको काम गरिरहेको छ।

गजुरीमा रहेको एक्रो ब्रिजका केही सामग्री त्रिशूली पुर्‍याइसकिएको छ भने बाँकी सामग्रीसमेत ढुवानी भइरहेको छ।

९ हजार ३ सयभन्दा बढी सैनिक प्रभावित क्षेत्रमा

जमिनी खोज तथा उद्धार, स्वास्थ्य सेवा, सडक खुलाउने तथा शव व्यवस्थापनमा समेत नेपाली सेनाले अभियान जारी राखेको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन्।

टोलीहरूले जंगल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गर्नुका साथै चिकित्सकसहितको स्वास्थ्य टोलीमार्फत स्थानीयलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। साथै घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने र आपत्कालीन उपचारका कामसमेत एकसाथ अघि बढाइएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
कस्तो छ आजको मौसम?
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ
सम्बन्धित सामग्री
कस्तो छ आजको मौसम? आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूर... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्