• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

शुक्रबार दिनभर उद्धारमा के–के भयो ?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १९, २०८३  २०:२५
1140x725

काठमाडौं– भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहितका सुरक्षा निकायले शुक्रबार दिनभर खोज तथा उद्धार अभियानलाई तीव्रता दिएका छन्। नेपाली सेनाका ७ र गैरसैनिक ६ वटा हवाई साधन परिचालन गरी ५८ जनाको उद्धार गरिएको छ भने विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोजी पनि जारी राखिएको छ।

साँझ ७ बजेसम्मको अद्यावधिक विवरणअनुसार त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ भने एक शवसमेत निकालिएको छ। अन्य प्रभावित क्षेत्रमा पनि स्थल तथा हवाई माध्यमबाट खोजी, उद्धार र राहत कार्य जारी छ।

त्रिशूली–३ ‘ए’बाट दुई जनाको जीवित उद्धार

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनालाई नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विज्ञ सम्मिलित संयुक्त टोलीले जीवितै उद्धार गरेको छ।

नेपाली सेनाका ७५, सशस्त्र प्रहरीका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको टोली उद्धारमा खटिएको थियो। उद्धार गरिएका दुवै जनालाई हेलिकप्टरमार्फत छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याई उपचार भइरहेको छ।

793595715_2005502780155519_5235471307270975269_n-1788532744.jpeg
उद्धारकै क्रममा सोही स्थानबाट एक शवसमेत निकालिएको छ। सुरुङभित्र थप व्यक्ति फसेको आशंकामा खोजी कार्य भने जारी छ।

त्रिशूली–३ ‘बी’मा १५ फिट गहिरो खाडल

त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेना, गैरसैनिक टोली तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले कार्यालय र आवास रहेको क्षेत्रमा करिब १५ फिट गहिरो खाडल खनेर खोजी गरेको छ। हालसम्म त्यहाँबाट कुनै व्यक्ति फेला परेका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्रिशूली–३ ‘ए’सँग ‘लिङ्कअप’ गराउने उद्देश्यले एक्स्काभेटर प्रयोग गरी करिब ७०० मिटर बाटोसमेत सफा गरिएको छ।

लाङटाङ हाइड्रोमा दुई शव फेला

लाङटाङ हाइड्रोको सुरुङभित्र प्रवेश गरेको नेपाली सेना र गैरसैनिकसहितको संयुक्त टोलीले दुई शव फेला पारेको छ।

नेपाली सेनाका २५ जना तथा दुई गैरसैनिकसहितको टोलीले सुरुङभित्र खोजी गरिरहेको छ। थप व्यक्ति फसेको हुनसक्ने आशंकामा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

Xtrem

Xtrem

794279850_1356016966268921_5578043468112060325_n-1788532743.jpeg
चिलिमेमा लेदो हटाउँदै सुरुङभित्र प्रवेश

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले जेनेरेटर र ‘मड पम्प’ प्रयोग गरी सुरुङभित्र जमेको लेदो हटाएको छ।

लेदो हटाउँदै टोली पुनः सुरुङको करिब १०० मिटर भित्री भागसम्म पुगेको छ। त्यहाँ पनि खोजी कार्य जारी छ।

माथिल्लो त्रिशूली–१ मा र्‍याफ्ट र डुंगाबाट खोजी

हाकुस्थित माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङमा नेपाली सेनाका १७ जना तथा आयोजनाका प्रतिनिधि सम्मिलित टोलीले खोजी गरिरहेको छ।

टोलीले सुरुङभित्र जमेको पानी निकाल्नुका साथै र्‍याफ्ट र डुंगासमेत प्रयोग गरेर सम्भावित जोखिम क्षेत्रमा खोजी अघि बढाएको छ।

५८ जनाको हवाई उद्धार

शुक्रबार साँझ ७ बजेसम्म नेपाली सेनाका सात तथा गैरसैनिकतर्फका ६ वटा हवाई साधन परिचालन गरी विभिन्न प्रभावित क्षेत्रबाट ५८ जनाको उद्धार गरिएको छ।

बाढी तथा पहिरोबाट सडक सम्पर्क विच्छेद भएका र तत्काल उद्धार आवश्यक परेका नागरिकलाई प्राथमिकताका आधारमा हवाई माध्यमबाट सुरक्षित स्थानमा ल्याइएको हो।

792158043_1461320672720447_1623013688905338457_n-1788532745.jpeg
तादी नदीमा पुल जडानको तयारी

देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली खटिएको छ। टोलीले पुल जडानका लागि आवश्यक बेस निर्माणको काम गरिरहेको छ।

गजुरीमा रहेको एक्रो ब्रिजका केही सामग्री त्रिशूली पुर्‍याइसकिएको छ भने बाँकी सामग्रीसमेत ढुवानी भइरहेको छ।

९ हजार ३ सयभन्दा बढी सैनिक प्रभावित क्षेत्रमा

जमिनी खोज तथा उद्धार, स्वास्थ्य सेवा, सडक खुलाउने तथा शव व्यवस्थापनमा समेत नेपाली सेनाले अभियान जारी राखेको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन्।

टोलीहरूले जंगल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गर्नुका साथै चिकित्सकसहितको स्वास्थ्य टोलीमार्फत स्थानीयलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। साथै घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने र आपत्कालीन उपचारका कामसमेत एकसाथ अघि बढाइएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक
दुई वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ। बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ०५:०० बजे सम्म १ हजार ४ सय ५४ जनाको शव फेला परेको छ। बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाश... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्