काठमाडौं– विपद् जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले चीनले नेपालसँग आपत्कालीन मौसम तथा जलविज्ञानसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ।
जलस्रोत मन्त्रालयका अनुसार चीनबाट प्राप्त हुने सूचनामा नदीमा बनेका अवरोध तथा हिमतालका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमसम्बन्धी विवरणसमेत समावेश हुनेछन्।
चीनको मौसमसम्बन्धी निकायले केरुङ–रसुवा सीमा क्षेत्रमा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा मौसमजन्य विपद्को प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ।
विपद् घटेलगत्तै चीनको मौसम प्रशासनले नेपालको मौसम विज्ञान विभागसँग भिडियोमार्फत परामर्श गरी मौसमको अवस्था तथा सम्भावित जोखिमबारे जानकारी आदानप्रदान गरेको थियो।
आगामी दिनमा पनि विपद्को जोखिम न्यूनीकरण तथा राहत–उद्धार कार्यलाई प्रभावकारी बनाउन दुई देशका सम्बन्धित निकायबीच मौसम तथा जलविज्ञानसम्बन्धी सूचना निरन्तर आदानप्रदान गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।