काठमाडौं– नेपाली सेनाले माथिल्लो त्रिशूली ३ एमा जनशक्ति थपेको छ।
नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित सेनाले जनशक्ति थपेर पावर हाउस प्रवेश गरेको हो।
दुई जनाको जीवितै सफल उद्धारपछि जनशक्ति थपेर काम थालिएको हो। योसँगै उक्त टोली अहिले पावरहाउसभित्र प्रवेश गरेको बताइएको छ।
बिहान उद्धार गरिएका दुवै जनाको स्वास्थ्यस्थिति स्थिर रहेको र अहिले छाउनी अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।