काठमाडौं– बाढी प्रभावित नागरिकका लागि भारतले पठाएको २१.५ टन मानवीय सहायता सामग्री नेपाल आइपुगेको छ।
नेपालस्थित भारतीय राजदूतावासका अनुसार राहत सामग्री बोकेका भारतीय वायुसेनाका दुईवटा सी–१३०जे विमान काठमाडौं अवतरण गरेका हुन्। विमानमार्फत ल्याइएको मानवीय सहायता विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ।
भारतीय राजदूतावासले उक्त सहायता सामग्री बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत तथा उद्धार कार्यमा उपयोग हुने जनाएको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकका लागि विभिन्न निकाय तथा मित्रराष्ट्रबाट राहत तथा मानवीय सहायता जुट्ने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।