काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुईमध्ये एक जनाको अवस्था जटिल रहेको छ भने अर्का एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
जटिल अवस्थामा रहेका कबीर महर्जनलाई यसअघि नै उद्धार गरी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको थियो। उनको सघन उपचार भइरहेको छ।

यस्तै, पहिलोपटक उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको नेपाली सेनाले जनाएको छ। स्वास्थ्य अवस्था स्थिर रहे पनि थप स्वास्थ्य परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइँदै गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न क्षेत्रका विज्ञ सम्मिलित संयुक्त टोलीले आज बिहान आयोजनाको सुरुङभित्रबाट दुवै जनाको उद्धार गरेको हो।

बाढीपछि आयोजनाभित्र मानिसहरू फसेको आशंका गरिएसँगै सुरक्षाकर्मी तथा उद्धारकर्मीले घटनालगत्तैदेखि लगातार उद्धार प्रयास गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।