कास्की। पोखरामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा–१८ गैरीचौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार बिहान ४:५० बजे फेवातालमा खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपकप्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको विहार प्रदेश, इस्ट चम्पारण जिल्ला रक्सोल घर भएका २६ वर्षीय नवदीपकुमार यादव तथा पहिचान नखुलेका अर्का एक भारतीय पुरुष रहेका छन्।
दुर्घटनापछि उद्धार गरिएका भारतको विहार प्रदेश, मोतिहारी जिल्ला रक्सोल घर भएका २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।