काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवितै उद्धार गरिएको छ।
उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपाने अनुसार सुरुङभित्रबाट कविर महर्जनको पनि उद्दार गरिएको हो। योसँगै सकुशल उद्धार हुनेको संख्या २ पुगेको छ।
यसअघि मेकानिकल इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार गरिएको छ। सुरुङभित्र अझै अन्य व्यक्ति पनि रहेको जानकारी प्राप्त भएको न्यौपानेले बताएका छन्।
‘अन्य व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ,’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।