फाइल तस्बिर
काठमाडौं– भोटेकोशीको बाढीपछि थुनिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरिएको छ।
उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपाने अनुसार सुरुङभित्रबाट सञ्जय साहलाई जीवितै उद्धार गरिएको हो। सुरुङभित्र अझै अन्य व्यक्ति पनि रहेको जानकारी प्राप्त भएको उनले बताएका छन्।
‘अन्य व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ,’ उनले लेखेका छन्। शुक्रबार बिहान मात्र उनले सामाजिक सञ्जालमा भोटेकोशीको सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको जानकारी दिएका थिए।
उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।