काठमाडौं– दक्षिण अस्ट्रेलियाविरुद्धको खेलमा नेपाल ‘ए’ले पहिले बलिङ गर्ने भएको छ। दक्षिण अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ रोजेको हो।
नेपाल ‘ए’को टोलीमा अनिलकुमार साह (कप्तान तथा विकेटकिपर), त्रितराज दास, मयंक यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, राशिद खान, नारायण जोशी, शहाब आलम र युवराज खत्री रहेका छन्।
यस खेलमा कुशल भुर्तेल ह्यामस्ट्रिङ तथा आकाश चन्द काफमा लागेको चोटका कारण खेल्नबाट बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।