काठमाडौं– मुग्लिङ–काठमाडौं सडकखण्डमा अवरोध रहेको प्रहरीले जनाएको छ। उक्त सडकखण्डमा यात्रा गर्दा वैकल्पिक सडक प्रयोग गर्नुपर्ने जनाइएको छ।
बिहान ५ बजेसम्मको राजमार्ग अपडेटअनुसार मुग्लिङ–नारायणगढ सडकखण्डमा अवरोध नरहे पनि जोखिम रहेको र यात्रा गर्न सकिने अवस्था रहेको छ। मुग्लिङ–पोखरा सडकखण्डमा पनि अवरोध छैन। उक्त सडकखण्डमा डम्पिङका कारण एकतर्फी यातायात सञ्चालनमा रहे पनि अन्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
नारायणगढ–बुटवल, बुटवल–पोखरा, नारायणगढ–हेटौँडा, धार्के–सीतापाइला तथा आँबुखैरेनी–गोरखा सडकखण्डमा अवरोध छैन। यातायात सामान्य रूपमा सञ्चालन भइरहेको छ।
हेटौँडा–काठमाडौं सडकखण्डमा भने केहीबेर जाम लाग्न सक्ने भए पनि यात्रा गर्न सकिने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।