काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई सरकारले जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उद्धारका क्रममा घाइते भएमा निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने तथा मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
निर्णयअनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिमअनुसार भत्ता र खाजा खर्च उपलब्ध गराइनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।