काठमाडौं– प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा डेबिट–क्रेडिट कार्ड प्रयोगकर्ताले भारतको गुरुग्रामस्थित मेदान्ता–द मेडिसिटी अस्पतालका विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यससम्बन्धी सम्झौता प्रभु बैंक र मेदान्ता–द मेडिसिटी अस्पतालबीच भएको हो । सम्झौताअनुसार अस्पतालको बहिरंग सेवा (ओपीडी) अन्तर्गत चिकित्सकीय परामर्श, प्रयोगशाला तथा रेडियोलोजी जाँचमा प्रचलित शुल्कमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
त्यस्तै, अन्तरंग सेवा (आईपीडी) अन्तर्गत कोठा भाडा, प्रयोगशाला तथा रेडियोलोजी जाँचमा पनि १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी अस्पतालका प्रमुख–कर्पोरेट साझेदारी सत्य चतुर्वेदी र प्रभु बैंकका कन्ट्री हेड–भारत सुनिल मिश्राले हस्ताक्षर गरेका छन् ।
सम्झौता १५ अगस्ट २०२६ देखि लागू भई १४ अगस्ट २०२८ सम्म कायम रहने बैंकले जनाएको छ ।
प्रभु बैंकले नेपालभर ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा दिँदै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।