काठमाडौं– रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट नौ दिनपछि दुई जनाको शव निकालिएको छ ।
नेपाली सेनाका उद्धारकर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन् ।
बुधबार साँझ निकालिएको शव नुवाकोटमा ल्याइएको उद्धारमा समन्वय गरिरहेका एक सैनिक अधिकृतले बताए ।
लाङटाङ हाइड्रोमा विदेशी सहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङका १५० मिटरसम्म प्रवेश गरेका छन् ।
अहिले दुई ठाउँमा प्वाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा खटिएका ४१ जना सम्पर्कविहीन छन् । आज नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाको प्राविधिक टोलीले खोज तथा उद्धारको काम गरिरहेको उनको भनाइ छ ।
बुधबार सुरुङको १ सय ५० मिटरभित्र पुगेर खोजी कार्य गरिएको थियो । आज बिहानैदेखि खोजी कार्यलाई तीव्र्रता दिइएको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।