• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विनाशकारी बाढीपछि तत्काल उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि समन्वित पहल गर्न नेपाल डेभलपमेन्ट वाचले गर्यो आग्रह

64x64
नेपाल लाइभ बिहीबार, भदौ १८, २०८३  १३:११
1140x725

लन्डन– नेपालमा शासकीय प्रणालीको अनुगमन गर्ने स्वयंसेवी संस्था, नेपाल डेभलपमेन्ट  वाच, ले गत साता (२६ अगस्ट) उत्तरी नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि तत्काल र समन्वित पहल गर्न नेपाल सरकार तथा अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको छ।

संस्थाले बुधबार एक प्रेस विज्ञप्ति जारी  गर्दै  बाढीका कारण भएको जनधनको क्षति, जीविकोपार्जनमा परेको असर, निजी तथा सार्वजनिक सम्पत्तिको विनाश र सडक तथा अन्य पूर्वाधारमा भएको व्यापक क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ।

नेपाल डेभलपमेन्ट  वाचका अनुसार एक हजार भन्दा बढीको मृत्यु भै सकेको छ भने झन्डै चार हजार मानिस अझै बेपत्ता तथा सम्पर्कविहीन छन्।  निर्माणाधीन  जलविद्युत् आयोजनाका सुरुङभित्र समेत सयौँ मानिस फसेको आशंका गरिएको छ। बाढीका कारण पुल तथा सडकहरू बग्नुका साथै दुर्गम पहाडी क्षेत्रहरू सहरी केन्द्रसँगको सम्पर्कबाट विच्छेद हुँदा खोजी, उद्धार तथा राहत कार्य थप चुनौतीपूर्ण बनेको  छ।

विपद्को यस कठिन परिस्थितिमा उद्धार तथा राहत कार्यमा सक्रिय नेपाल सरकार, प्रदेश सरकारहरू, नेपाली सेना, नेपाल प्रहरी, स्थानीय समुदाय तथा अन्तरराष्ट्रिय समुदायको प्रयासप्रति संस्थाले आभार व्यक्त गरेको छ।

नेपाल डेभलपमेन्ट  वाचले नेपाल सरकारले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तरराष्ट्रिय  अनुबन्ध अन्तर्गतका व्यवस्थाअनुरूप राहत तथा पुनर्स्थापनाका लागि आवश्यक अन्तरराष्ट्रिय आर्थिक तथा प्राविधिक सहायता जुटाउन पहल गर्नुपर्ने जनाएको छ।

त्यस्तै, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन स्थानीय समुदाय,  पीडित समुदाय, नागरिक समाज तथा अन्य सरोकारवालाको अर्थपूर्ण सहभागिता र समन्वय सुनिश्चित गर्न आग्रह गरिएको छ। विगतका विपद्, विशेषगरी भूकम्पबाट प्राप्त अनुभव र सिकाइलाई उपयोग गर्दै राहत कार्यमा दोहोरोपन, समन्वयको अभाव, अव्यवस्था तथा दुर्गम क्षेत्रमा राहत नपुग्ने अवस्था दोहोरिन नदिन पनि संस्थाले सरकारको ध्यानाकर्षण गराएको छ।

राहतका नाममा अनधिकृत रूपमा रकम संकलन गरी दुरुपयोग गर्ने प्रवृत्ति रोक्न, विपद्का कारण उत्पन्न असुरक्षाको फाइदा उठाउँदै हुने चोरी तथा अन्य शोषण नियन्त्रण गर्न र उद्धार तथा राहतमा संलग्न सबै पक्षलाई जवाफदेही बनाउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ।

बाढीपछि ठूलो संख्यामा मानव तथा पशु शव रहनु, स्वच्छ तथा पिउनयोग्य पानीको अभावलगायतका कारण रोग फैलिन सक्ने जोखिमप्रति विशेष सावधानी अपनाउनुपर्ने संस्थाले जनाएको छ। साथै, जोखिममा रहेका बालबालिका वाध्यकारी  श्रम वा यौन शोषणका लागि ओसारपसार हुनसक्ने सम्भावनालाई ध्यान दिई आवश्यक सुरक्षा उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अन्तरराष्ट्रिय सहयोग बढाउन आग्रह

नेपाल डेभलपमेन्ट  वाचले उद्धार तथा राहत कार्यमा देखिएका जटिलता र सम्भावित स्वास्थ्य आपत्काललाई ध्यानमा राख्दै अन्तरराष्ट्रिय समुदायलाई नेपालमा सहयोग बढाउन आग्रह गरेको छ।

विशेषगरी छिमेकी भारत र चीन, संयुक्त राज्य अमेरिका, युरोपेली संघका सदस्य राष्ट्र तथा नेपालसँग ऐतिहासिक र निरन्तर सम्बन्ध रहेका बेलायतलगायत स्रोतसाधन सम्पन्न राष्ट्रहरूले नेपाल सरकारले आवश्यक ठानेका क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग तत्काल वृद्धि गर्नुपर्ने संस्थाको माग छ।
आफ्ना  नागरिक समाज तथा व्यावसायिक समुदायलाई पनि नेपालका प्रभावित समुदायलाई सहयोग गर्न प्रोत्साहित गर्न अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरिएको छ।

नेपाल डेभलपमेन्ट  वाचले जलवायु परिवर्तनको असरप्रति पनि अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गर्ने नेपालजस्ता जोखिममा रहेका मुलुकले जलवायु आपत्कालका कारण अकल्पनीय रूपमा विनाशकारी परिणाम भोगिरहेको भन्दै प्रभावित मुलुकका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने संस्थाले जनाएको छ।

Xtrem

Xtrem

भ्रामक सूचना र एआई तस्बिरप्रति सचेत रहन आग्रह

संस्थाले विपद्का बेला सञ्चारमाध्यम र नागरिक समाजको भूमिकालाई महत्वपूर्ण बताउँदै सामाजिक सञ्जालबाट फैलिएका भ्रमपूर्ण सूचनाले बेपत्ता आफन्तको खोजी तथा मृतकको पहिचानमा थप अन्योल सिर्जना गरिरहेको जनाएको छ।

मृतक तथा प्रभावित व्यक्तिको गरिमाप्रति सम्मान गर्न, पीडितलाई दोषी वा अपराधीका रूपमा प्रस्तुत गर्ने गलत सूचना सम्प्रेषण नगर्न तथा मनोरञ्जनका लागि बनाइएका वा पीडादायी र भ्रम सिर्जना गर्ने नक्कली एआई तस्बिर तथा सामग्री प्रसारण नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संस्थाले आग्रह गरेको छ।

त्यस्तै, नागरिक समाज संस्था तथा राजनीतिक संगठनहरूलाई राहत तथा उद्धारमा हातेमालो गरी  सहकार्य गर्न र दोहोरोपन, बेवास्ता तथा जवाफदेहिताको अभाव हुन नदिन नेपाल डेभलपमेन्ट  वाचले आग्रह गरेको छ। त्यस्तै संकलित राहत तथा सहयोग रकम सरकारको केन्द्रीय कोषमा जम्मा गर्न पनि  सुझाव दिइएको छ।

नेपाल डेभलपमेन्ट  वाचले विकसित हुँदै गरेको परिस्थितिको आफ्नो क्षमता र स्रोतसाधनको सीमाभित्र रही निरन्तर अनुगमन गर्ने जनाएको छ। साथै, पुनर्स्थापना तथा पुनर्निर्माणको चरणलाई अघि बढाउन सहज वातावरण सिर्जना गर्ने उद्देश्यले अन्तरराष्ट्रिय स्तरमा सम्बन्धित सरोकारवालासँग संवाद र छलफललाई निरन्तरता दिने प्रतिबद्धता पनि  व्यक्त गरेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण
सम्बन्धित सामग्री
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ। बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ०५:०० बजे सम्म १ हजार ४ सय ५४ जनाको शव फेला परेको छ। बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्