काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने कार्य तीव्र पारिएको छ।
पूर्वाधार विकास मन्त्रालयले जारी गरेको सूचना अनुसार पहिरो पन्छाउने तयारीस्वरूप अहिले पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ। पहिरो हटाउन आवश्यक निर्माण उपकरणसमेत दुवै छेउमा तयारी अवस्थामा राखिएको छ।
सडक मर्मत र पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ । नेपाल जियोटेक सोसाइटीले उक्त क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र आज बेलुकीसम्म बाटो खुलाउने प्रक्रियासम्बन्धी नक्शाङ्कन (ड्रइङ) सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
सोसाइटीको प्रतिवेदन प्राप्त भएलगत्तै पहिरो पन्छाउने र सडक सुचारु गर्ने काम औपचारिक रूपमा शुरु गरिने योजना प्रमुख अधिकारीले जानकारी दिए।
हाल निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सडक खुलाउनका लागि आवश्यक पूर्वतयारीलाई तीव्रता दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।