काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख नगद पुरस्कार पाउने भएको छ।
आयोजक केडिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केडियाले बुधबार आयोजित पत्रकार सम्मेलनमा विजेतालाई प्रतियोगिताको कुल पुरस्कार ३२ लाख रुपैयाँ रहेको बताए। यसमध्ये १२ लाख उपविजेता, विभिन्न ७ विधाका उत्कृष्ट र हरेक खेलको ‘म्यान अफ द म्याच’को नगद पुरस्कार पाउने छन्।
भदौ १९ देखि २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने एनभीएलमा ६ टिमको सहभागिता रहने छ। ६ टिमले पहिले एक आपसमा सिंगल राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन्।
लिगमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा प्रवेश गर्ने छ। लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।